"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा एमालेभित्र आन्तरिक विवाद चर्किदै

No data was found

Khabar Raftar

चैत्र ०९ धनगढी । नेकपा एमाले भित्र आन्तरिक विवाद चर्किदै गएको छ । राजनीतिक नियुक्तिबाट सुरु भएको नेकपा एमाले भित्रको आन्तरिक विवाद चर्किदै गएको हो । आन्तरिक विवाद अहिले प्रदेश सभामा संसदीय दलको नेता परिवर्तन गर्ने सम्म पुगेको बताइएको छ ।

संसदीय दलका नेता तथा पूर्वमुख्य मन्त्री राजेन्द्र सिंह रावलको कार्यशैली प्रति असन्तुष्टि बढ्दै जाँदा प्रदेश कमिटी र उनी निकट सांसदहरू बीच दूरी बढेको छ । विशेषगरी विभिन्न सरकारी निकायमा नियुक्ति गर्दा पार्टीसँग समन्वय नगरेको आरोप रावलमाथि लागेको छ ।

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी लगायतका नेताहरूले रावलले पार्टीको परामर्शविना आफ्नै ढङ्गले नियुक्ति सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले यसलाई संस्थागत निर्णय विपरीत र समानान्तर शक्ति सञ्चालनको प्रयासका रूपमा व्याख्या गरेका छन् ।

विवाद अझ चर्किने क्रममा राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले संसदीय दलको कार्यालयमा तालाबन्दी गरेको छ । युवाहरूले रावल सम्पर्क विहीन भएको र पार्टीविरोधीलाई नियुक्ति दिएको आरोप लगाएका छन् ।

रावलले भने सबै आरोप अस्वीकार गर्दै नियुक्तिहरू पार्टीकै सल्लाहमा भएको दाबी गरेका छन् । आफू स्वास्थ्य समस्याका कारण केही समय सम्पर्कमा नरहेको उनले बताएका छन ।

खप्तड पर्यटन विकास समितिको अध्यक्षमा जमुना चन्दलाई सिफारिस गरेपछि विवाद चर्किदै गएको हो । रावलले महिलालाई नेतृत्वमा ल्याउने प्रयास गरेको बताएका छन् भने पार्टीका अन्य नेताहरूले यसलाई गुटगत राजनीतिको संज्ञा दिएका छन ।

एमालेका अधिकांश प्रदेश सभा सदस्यहरू अहिले रावलको विकल्प खोज्ने पक्षमा देखिएका छन् । संसदीय दलको नेताका लागि उपनेता सन्तोष कुमारी शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सामाजिक विकास समिति सभापति धर्मराज पाठकको नाम चर्चामा आएको छ ।

यद्यपि, पार्टी केन्द्रको निर्देशन नआए सम्म संसदीय दलको नेता परिवर्तन प्रक्रिया अघि नबढ्ने स्रोतले जनाएको छ ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प