"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गौरीगंगामा निकटका व्यक्तिलाई जागिर खुवाउन विषय रुपान्तरण

No data was found

Khabar Raftar

चैत्र ०८ धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा आफ्ना निकटका व्यक्तिलाई जागिर खुवाउन विषय रुपान्तरण गर्ने निर्णय गरिएको छ । माध्यमिक तहमा दुई जना नेपाली विषयका शिक्षक हुँदाहुँदै आफ्ना निकटका व्यक्तिलाई जागिर खुवाउन विद्यालयलाई आवश्यक नभएको विषय रुपान्तरण गर्ने निर्णय गरिएको हो ।

दुई वर्षदेखि रिक्त रहेको समाज शास्त्र विषयको दरबन्दीलाई त्यसै विद्यालयमा कार्यरत एक जना शिक्षकलाई उच्च माध्यमिक तहको जागिर खुवाउन विद्यालय व्यवस्थापन समितिले दरबन्दीलाई नेपाली विषय बनाउने निर्णय गरेको हो । गौरीगंगा नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको दबाबमा विद्यालय व्यवस्थापन समितिको नेपाली विषय रुपान्तरण गर्ने निर्णयलाई नगर शिक्षा समितिले सदर गरेको छ ।

उक्त विद्यालयमा माध्यामिक तहमा (९–१२) नेपाली विषयका २ जना शिक्षक कार्यरत रहेका छन् । त्यसैगरि अंग्रेजीमा २ जना, विज्ञानमा १ जना, गणितमा १ जना, सामाजिकमा १, स्वास्थ्य तथा जनसंख्यामा १ जना, लेखामा २ जना कार्यरत रहेका छन् । अर्थशास्त्र विषयमा भने एक जना पनि शिक्षक छैनन् । कक्षा ९ देखि १२ सम्मको अध्यापनका लागि अर्थशास्त्रको विषय शिक्षक नहुँदा अन्य विषयका शिक्षकलाई कामचलाउने गरि पढाउन लगाइएको छ । यसले विद्यार्थीले विज्ञ शिक्षकबाट अर्थशास्त्र विषय अध्ययन गर्न पाएका छैनन् ।

अर्थशास्त्र विषय कहिले स्वास्थ्य जनसंख्या पढेका र विज्ञान विषय पढेका तथा कहिले लेखा विषय अध्ययन गरेका शिक्षकलाई काम चलाउ हिसाबले पढाउन लगाउने गरिएको छ । कम पिरियड भएको नेपाली विषयमा दुई जना विषय विज्ञ शिक्षक हुँदाहुँदै पनि तेस्रो दरबन्दी पुनः नेपाली विषय बदल्न खोज्नु गतल भएको अभिभावकहरुले बताएका छन । एक जना अभिभावकले नानीबाबुको भविष्यमाथि खेलवाड गर्न खोजिएको बताए ।

उक्त विषयलाई बदलेर अर्थशास्त्र राखिदिएको भए नानीबाबुले विज्ञ शिक्षकबाट पढ्न पाउने उनले बताएका छन । आफ्नालाई जागिर खुवाउन आवश्यकता नभएको नेपाली विषयको दरबन्दी कायम गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय विद्यालयको हित विपरित भएको उनले बताए ।

जाँचबुझ नगरी नगर शिक्षा समितिले पास गर्नु झनै नीतिगत भ्रष्टाचार भएको उनले बताए । विद्यालयमा नेपाली विषयका लागि दुई जना शिक्षक हुँदाहुँदै पनि पुनः निमावि तहका नेपाली शिक्षकलाई पनि माध्यमिक तहको पिरियड दिइएको छ । यो समेत गरी माध्यमिक तहमा नेपाली विषय पढाउने शिक्षक संख्या ३ रहेको छ ।

पुनः समाज शास्त्र विषयलाई रुपान्तरण गरेर फेरि नेपाली विषय बनाइनु विद्यालय तथा विद्यार्थीको हित विपरीत भएको अभिभावकहरुले गुनासो गरेका छन । अहिले नेपाली विषयका शिक्षक मंगलबहादुर धामी र छत्र बोहराले नेपाली विषयको पूरा पिरियड पढाउन पाएका छैनन् । यसले नेपाली विषयका शिक्षक आवश्यकता भन्दा बढी भएको पुष्टि गरेको छ ।

विषय शिक्षक नभएको अर्थशास्त्रलाई भने ध्यान दिइएको छैन । एसईई र १२ को बोर्ड परीक्षामा पनि अधिकांश विद्यार्थी अर्थशास्त्र विषयमा फेल हुने गरेका छन् । विद्यालयको आवश्यकता विपरीत विद्यालय व्यवस्थापन समितिले शिक्षक प्रतिनिधिको असहमति हुँदाहुँदै नेपाली विषय रुपान्तरण गर्ने निर्णयलाई हुबहु नगर शिक्षा समितिले सदर गर्ने निर्णय गर्नु गलत भएको नगर शिक्षा समितिका एक जना सदस्यले बताएका छन ।

यसअघि नगर शिक्षा समिति सदस्य विष्णुप्रसाद भाटको संयोजकत्वमा गौरीगंगा नगरपालिकाले नगरभित्र रहेका विद्यालयको सम्पूर्ण गतिविधिको ठोस जानकारीका लागि अध्ययन गरी प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको भएपनि नगरपालिकाले उक्त समितिले अध्ययनको काम पूरा गर्न नपाउँदै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको दबाबमा समितिका केही सदस्यहरुको असहमति हुँदाहुँदै जनप्रिय माध्यमिक विद्यालयको नेपाली विषय रुपान्तरण गर्ने निर्णय एकलौटी रुपमा गरेको छ ।

गौरीगंगा नगरपालिकाको नगर शिक्षा समितिले जनप्रिय माध्यमिक विद्यालयको नेपाली विषय रुपान्तरण विद्यालयको हित विपरीत भएको भन्दै तीन वटा राजनीतिक दलले पनि ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति आशिष सिंह, नेपाली कांग्रेसका नगर सचिव दिनेश कलेल र नेकपा एमालेका नगर उपाध्यक्ष रोहितप्रसाद भाटले संयुक्त हस्ताक्षर गर्दै विद्यालय र विद्यार्थीको हित विपरीत गरिएको निर्णयमा आफूहरुको ध्यानाकर्षण भएको बताएका छन ।

उनीहरुले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरी आवश्यकता नभएको विषय राखिनु र आवश्यकता भएको विषयलाई वेवास्ता गरिनु गतल भएको बताउँदै नगर शिक्षा समितिले गरेको एकलौटी निर्णय यथासिघ्र सच्याउन माग गरेका छन् । गलत निर्णयलाई नसच्याएमा आफूहरु नगरका विरुद्धमा थप आन्दोलित हुने राजनीतिक दलहरुले बताएका छन् ।

जनप्रिय माध्यमिक विद्यालयमा विषय रुपान्तरण सम्बन्धी विवाद झन् जटिल बन्दै गएको छ । यसअघि विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको निर्णयमाथि प्रश्न उठिरहेको अवस्थामा अहिले सरोकारवाला निकायका प्रमुख व्यक्तिहरूकै अभिव्यक्ति बाझिँदा निर्णय प्रक्रियामै गम्भीर अन्यौल देखिएको छ ।

गौरीगंगा नगरपालिकाका नगर प्रमुख कँडेलले विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा विषय रुपान्तरणको निर्णय पारित गरिएको बताएका छन् । विद्यालयबाट आएको प्रस्तावलाई प्रक्रिया अनुसार अघि बढाइएको उनले बताएका छन । नगर प्रमुखको भनाइसँगै प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीको अभिव्यक्ति भने फरक देखिएको छ ।

उनले उक्त विषय शिक्षा समिति बैठकमा उठेको स्वीकार गरे पनि औपचारिक रूपमा निर्णय सदर नभएको दाबी गरेका छन् । ‘बैठकमा कुरा उठेको हो, तर त्यसलाई अनुमोदन गरिएको छैन,’ जोशीले भनेका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर बैलाकोटीले पनि आफूहरूलाई हालसम्म कुनै औपचारिक पत्र प्राप्त नभएको बताएका छन् ।

उनले निर्णय सदर भए–नभएकोबारे स्पष्ट जानकारी नभएको बताउर्दै प्रक्रिया नै अस्पष्ट भएको बताएका छन् । प्रमुख जिम्मेवार पक्ष–नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विद्यालय व्यवस्थापन समिति अध्यक्षका फरक–फरक अभिव्यक्तिले विषय रुपान्तरणको निर्णय वास्तवमै कार्यान्वयनमा आएको हो कि होइन भन्नेमा प्रश्न खडा भएको छ ।

स्थानीय अभिभावक तथा सरोकारवालाहरूका अनुसार यस्तो विरोधाभासले निर्णय प्रक्रियामा पारदर्शिता नभएको स्पष्ट गरेको छ । निर्णय भएको हो भने कागजी प्रक्रिया किन छैन ? र यदि भएको छैन भने विद्यालयमा किन त्यसको तयारी भइरहेको छ ?स्थानीयले प्रश्न गरेका छन ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए