चैत्र ०६ धनगढी । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा २७ जना सदस्य भएका छन । गत फागुन २१ गते सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनबाट सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष तर्फ १६ जना र समानुपातिक तर्फ ११ जना गरी २७ जना सदस्य भएका हुन । २०७९ सालमा भने सूदूरपश्चिम प्रदेशबाट १६ जना प्रत्यक्ष तथा चार जना सामानुपातिक सहित २० जना सांसद रहेका थिए । यस पटक १६ जना सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै रहेका छन ।
समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ३ तथा नेपाली काँग्रेस र एमालेले १ ÷१ जनालाई सुदूरपश्च्मि प्रदेशबाट सांसद बनाएका छन् । प्रत्यक्षमा प्रदेशमा रहेका १६ वटा मध्ये १० वटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जीतेको छ भने समानुपातिकमा ६ जनालाई समेटेको छ ।
रास्वपाले कञ्चनपुरकी प्रतिभा रावल, डडेल्धुराकी आकृती अवस्थी, अछामकी टीका संग्रौला र रत्नाकुमारी थापा,कैलालीकी करिश्मा कठरिया र कञ्चनपुरकी गीता चौधरीलाई समानुपातिक सांसद बनाएको छ । प्रत्यक्षमा कुनै पनि क्षेत्रमा जित्न नसकेको नेकपाले भने सुदूरपश्चिमबाट थारु महिलामा कञ्चनपुरकी निराशा चौधरी, अपाङ्गतामा कैलालीका प्रेम बयक र दलित क्लस्टरमा बझाङका गणेशबहादुर बिकलाई सांसद बनाएको छ ।
प्रत्यक्षतर्फ प्रदेशभर ३÷३ सिट जितेका नेपाली काँग्रेस र नेकपा (एमाले)ले भने समानुपातिकमा सुदूरपश्चिमका १÷१ जनालाई मात्रै सांसद बनाएका छन । काँग्रेसले दलित महिलाको क्लस्टरबाट डडेल्धुराकी हरिनादेवी कामी र एमालेले थारु क्लस्टरबाट कञ्चनपुरका कृपाराम रानालाई सांसद बनाएको छ ।
त्यसैगरी प्रत्यक्षबाट कैलाली–१ बाट कोमल ज्ञवाली, कैलाली–२ बाट केपी खनाल, कैलाली–३ बाट जगतप्रसाद जोशी, कैलाली–४ बाट खेमराज कोइराला, कैलाली– ५ बाट आनन्दबहादुर चन्द सांसद बनेका छन् । त्यसैगरी कञ्चनपुरबाट जनकसिंह धामी, दिपक बोहरा र ज्ञानेन्द्र महता र बैतडीबाट हरिमोहन भण्डारी तथा डडेल्धुराबाट तारा जोशी राष्ट्रिय स्वतन्त्र पाटीबाट निर्वाचित भएका छन ।
त्यसैगरी दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बझाङबाट ऐन महर, अछामबाट यज्ञ बोगटी एमालेबाट निर्वाचित भएका छन । डोटीबाट भरतबहादुर खड्का, अछाका भरतकुमार स्वार र बाजुरका जनकराज गिरीले काँग्रेसबाट प्रत्यक्ष निर्बाचन जीतेका छन ।


