"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दार्चुलामा थप ११ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

No data was found

Khabar Raftar

चैत्र ०५ दार्चुला । नेपाल सरकार भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले थप ११ जना अव्यवस्थित बसोबासी, भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको छ ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले दुई वटा स्थानीय तहबाट सूचीकृत भएका सात वटा अव्यवस्थित बसोबासी र चार वटा सुकुमवासी गरेर ११ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरणको वितरणको तयारी गरेकोे हो ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका सुकुमवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडी बढेको बताए । यसअघि दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकाका ७२ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको जानकारी गराउदै अध्यक्ष धामीले समितिले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन १५ दिन भित्र जग्गा दर्ता गर्न आउन सूचना जारी गरेको बताए ।

त्यसैगरी नौ वटै स्थानीय तहका तीन हजार ७ सय २० भूमिहीन, दलित, सुकुमवासी, अव्यवस्थित बसोबासी र विगतमा काम अधुरा तथा अपूरा रहेकालाई जग्गाधनी प्रमाणपुर्जा दिन बाँकी रहेको    बताए । आयोगले अहिले विगतमा काम अधुरा र अपूरा रहेका सेतो प्रमाणपुर्जा भएका नौगाड गाउँपालिकाका चार र महाकाली नगरपालिकाका सात जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने अन्तिम तयारी गरेको बताए ।

अव्यवस्थित बसोबासीलाई राजस्व चुक्ता गरेपछि तथा सुकुमवासीलाई निःशुल्क रूपमा प्रमाणपुर्जा वितरण गर्ने गरिएको उनले बताए ।

महाकाली नगरपालिकामा ४ सय ३१, शैल्यशिखर नगरपालिकामा ६ सय २८,लेकम गाउँपालिकामा १ सय ७३, नौगाड गाउँपालिकामा ३ सय २७, मार्मा गाउँपालिकामा १ सय ६८, अपिहिमाल गाउँपालिकामा ६ सय ९१, मालिकार्जुन गाउँपालिकामा ९ सय ४७, दुहुँ गाउँपालिकामा १ सय ६१ र व्यास गाउँपालिकामा २ सय ६६ भूमिहीन, दलित, सुकुमवासी, अव्यवस्थितको सङ्ख्या रहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले जनाएको छ ।

जिल्लाका सबै अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने लक्ष्य रहेको बताउदै जिल्ला समिति दार्चुलाका अध्यक्ष धामीले सबै जनप्रतिनिधि र स्थानीय तहले साथ दिनु पर्ने बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण