"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेश सरकारको आठ महिनाको विकास खर्च १० प्रतिशत

No data was found

Khabar Raftar

चैत्र ०४ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ को आठ महिनामा झण्डै १० प्रतिशत विकास खर्च गरेको छ । कुल १९ अर्ब ८२ करोड २३ लाख ५६ हजार रुपैयाँको पुँजीगत बजेट मध्ये प्रदेश सरकारले फागुन मसान्त सम्म जम्मा ९.९९ प्रतिशत अर्थात झण्डै १० प्रतिशत विकास खर्च गरेको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ९७ करोड ९७ लाख १० हजार ५ सय ९ रुपैयाँ मात्र खर्च भएको छ । अझै १७ अर्ब ८४ करोड २६ लाख ४५ हजार ४ सय ९१ रुपैयाँ खर्च हुन बाँकी रेको छ भने आर्थिक वर्ष सकिन चार महिना मात्र बाँकी रहेको छ ।

अघिल्ला वर्षहरूको तुलनामा पनि यस वर्षको खर्च अवस्था कमजोर देखिएको छ । गत आर्थिक वर्ष २०८१–०८२ मा छ महिनामा १० प्रतिशत र २०८०–०८१ मा १२ प्रतिशत पुँजीगत बजेट खर्च भई सकेको थियो । सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ अर्ब ७१ करोड ६३ लाख २३ हजार रुपैयाँ मध्ये ११.२१ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

विकास बजेट खर्च कम हुनुमा टुक्रे आयोजनालाई एउटै शीर्षकमा राखेर बजेट विनियोजन गर्नु, खर्च कटौती गर्ने निर्णय, साना आयोजनाको कार्यान्वयनमा अनिश्चितता जस्ता समस्याहरू रहेका छन् । मुख्यमन्त्री कमल बहादुर शाहले खर्च बढाउन कार्ययोजना बनाउन निर्देशन दिए पनि मन्त्रालयहरूले अहिले सम्म पेश गरेका छैनन् ।

चालुतर्फ भने २७.१७ प्रतिशत बजेट खर्च भएको छ । १३ अर्ब ६० करोड भन्दा बढी चालु बजेट मध्ये तलबभत्ता जस्ता क्षेत्रमा खर्च भए पनि कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र उद्योग क्षेत्रमा अपेक्षा अनुसार खर्च हुन सकेको छैन ।

सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी ३६.७३ प्रतिशत चालु बजेट खर्च गरेको छ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३.१९ प्रतिशत मात्रै खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अवस्था झनै कमजोर देखिएको छ । चालुतर्फ ३९.३९ प्रतिशत र पुँजीगततर्फ केवल ३.०३ प्रतिशत बजेट खर्च भएको छ ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प