"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोटीको कोल्ड स्टोर ८ महिना देखि प्रयोगविहीन

No data was found

Khabar Raftar

चैत्र ०३ डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–२ मा निर्माण गरीएको कोल्ड स्टोर ८ महिना देखि प्रयोग विहीन भएको छ । कृषि उत्पादन भण्डारण गरी किसानलाई राहत दिने उद्देश्यले निर्माण गरीएको कोल्ड स्टोर ८ महिना देखि प्रयोग विहीन भएको हो ।

नगरपालिकाले ७५ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरी बोलपत्र आह्वान गरिएकोमा २०८१ पुस २३ गते एसएस कन्स्ट्रक्सनले ६३ लाख १२ हजार ७ सय ९८ रुपैयाँमा ठेक्का पाएको थियो । २०८२ असार २० गते निर्माण कार्य सम्पन्न भए पनि अहिले सम्म सञ्चालन हुन नसक्दा ८ महिना देखि प्रयोग विहीन भएको हो ।

३० टन क्षमताको उक्त कोल्ड स्टोरमा तरकारी तथा फलफूल भण्डारण गर्न सकिने व्यवस्था गरिएको   छ । भवन भित्र ६ वटा एसी जडान गरिएका छन भने करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको जेनेरेटर पनि राखिएको छ । नगरपालिकाका ओभरसियर सुनिल भण्डारीका अनुसार पूर्वाधार तयार भए पनि सञ्चालन कार्यविधि नबन्दा सेवा सुरु गर्न ढिलाइ भएको हो ।

‘संरचना तयार भएर आवश्यक उपकरण पनि जडान गरिएको बताउदै उनले सञ्चालनका लागि आवश्यक कार्यविधि नबन्दा प्रयोगमा ल्याउन ढिलाइ भइरहेको बताए । नगरपालिकाका कृषि शाखा प्रमुख हिक्मत साउँदले कोल्ड स्टोर सञ्चालनका लागि चालु आर्थिक वर्षमा ३ लाख ३४ हजार रुपैयाँ बजेट समेत विनियोजन गरिएको बताए ।

कोल्ड स्टोर नयाँ अभ्यास भएको बताउदै उनले सञ्चालन मोडालिटी तय गर्न केही समय लागेको    बताए । अब चाँडै सञ्चालन गर्ने तयारी भइरहेको बताउदै उनले कोल्ड स्टोर सञ्चालनमा आए स्थानीय किसानलाई ठूलो राहत पुग्ने बताए । अहिले उत्पादन भएका तरकारी तत्काल बजारमा बेच्नु पर्दा किसानले उचित मूल्य पाउन नसकेको बताउदै उनले उत्पादन गरेका तरकारीले राम्रो भाउ नपाउने बताए ।

नगरपालिकाको वडा नम्बर–५ घोल्ताडाका कृषक नवीन भण्डारीले मिहिनेत र खर्च धेरै हुने बताउदै आम्दानी कम हुने बताए । कोल्ड स्टोर सञ्चालनमा आए केही दिन राखेर राम्रो मूल्यमा बेच्न सकिने उनले बताए । दिपायल सिलगढी नगरपालिका भित्र घोल्ताडा, दिपायल सिलगढी नगरपालीका वडा नम्बर–२ पनेबाटा, वडा नम्बर ४ मटेला, कुमालीकोट–पिपल्ला र दिपायल क्षेत्रलाई प्रमुख तरकारी पकेट क्षेत्र मानिदै आएको उनले बताए ।

ती क्षेत्रमा बर्षेनी ठूलो परिमाणमा तरकारी उत्पादन हुने भए पनि भण्डारणको अभावमा किसानले समस्या भोग्दै आएको उनले बताए । यही समस्यालाई समाधान गर्ने उद्देश्यले कोल्ड स्टोर निर्माण गरिएको भए पनि संरचना बनेको लामो समय बित्दा समेत सञ्चालनमा आउन नसक्दा किसानले समस्या झेल्नु परेको उनले बताए । कार्यविधि छिट्टै बनाएर कोल्ड स्टोर सञ्चालनमा ल्याउन सके कृषि उत्पादनको उचित व्यवस्थापन र किसानको आम्दानी दुवैमा सुधार आउने स्थानीयले बताएका छन ।

भर्खरै

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

Thunuwa

उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

cropped-cropped-khabar-raftar-2.png

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु