"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराबाट दुई हजार ४ सय २६ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

No data was found

Khabar Raftar

फागुन ३० बाजुरा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाजुराबाट दुई हजार ४ सय २६ जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि आवश्यक हाजिरी पु¥याएका नियमित तर्फका दुई हजार ४ सय २६ जना विद्यार्थी एसइईमा सहभागी हुने भएका हुन । शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले दुई हजार ४ सय २६ जना विद्यार्थी एसइईमा सहभागी हुने जानकारी गराएको हो ।

परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन भएको दिनको कम्तीमा ७५ प्रतिशत हाजिरी हुनुपर्ने व्यवस्था रहेको जनाइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टका अनुसार यस वर्षको एसइई परीक्षा चैत १७ गते देखि सुरु भई चैत २९ गते सम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे देखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरिसकेको छ ।

कुल परीक्षार्थीको सङ्ख्या तय भए पनि कति छात्रा र कति छात्र सहभागी हुने भन्ने विवरण भने अझै छुट्याइएको छैन । एसइई परीक्षाका लागि बाजुरामा १७ वटा परीक्षा केन्द्र तोकिएका छन् । केही दिनभित्रै केन्द्राध्यक्ष चयन गरी गत वर्षझैँ यस वर्ष पनि परीक्षालाई स्वच्छ र सभ्य रूपमा सञ्चालन गर्ने तयारी भइरहेको सूचना अधिकारी लाल बहादुर विष्टले जानकारी गराए । जिल्लाका केही विद्यालयमा प्राविधिक शिक्षा समेत सञ्चालन हुँदै आएको छ ।

भानोदय माध्यमिक विद्यालयमा पशु विज्ञान तथा दशरथ र कीर्तिचौर माध्यमिक विद्यालयमा बाली विज्ञान विषयको पठनपाठन भइरहेको छ । कृषि क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यले ती विद्यालयमा पछिल्लो समय कक्षा ९ र १० मा प्राविधिक कक्षा सञ्चालन गरिएको हो । गत वर्षको नतिजा हेर्दा बाजुरामा एसइई परीक्षामा सुधार देखिएको छ ।

२०८१ सालको एसइई परीक्षामा चार जीपीए ल्याउने विद्यार्थी नभए पनि ३.६ देखि ४.० भन्दा कम जीपीए ल्याउने ३८ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने २६२ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ५ सय ३२ जना, २.४ देखि २.८ जीपीए ल्याउने ३ सय ५१ जना र २.० देखि २.४ भन्दा कम जीपीए ल्याउने १६ जना रहेका थिए ।

२०८१ सालको एसइई परीक्षामा दुई हजार २ सय १६ जना सहभागी भएका मध्ये एक हजार १ सय ९९ जना उत्तीर्ण भएका थिए । त्यसैगरी २०८० सालमा दुई हजार ८ सय ३४ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा एक हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए ।

२०८० सालको एसइई परीक्षामा चार जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या शून्य रहेको थियो । ३.६ देखि ४.० भन्दा कम जीपीए ल्याउने आठ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८४ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ४ सय ४ जना, २.४ देखि २.८ जीपीए ल्याउने ४ सय ६५ जना र २.० देखि २.४ भन्दा कम जीपीए ल्याउने ४४ जना रहेका थिए ।

२०८० सालमा उत्तीर्ण दर करिब ४५ प्रतिशत रहेकोमा २०८१ सालमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ५१.७२ पुगेको थियो । यसले २०८० को तुलनामा २०८१ सालमा बाजुराको एसइई नतिजा सन्तोषजनक रूपमा सुधार भएको देखिएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी विष्टले बताए ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए