"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा ८ महिनामा पुँजीगत खर्च ९ प्रतिशत मात्र

No data was found

Khabar Raftar

फागुन २९ धनगढी । सुदूरपश्चिम प्रदेशमा ८ महिनामा पुजीगत खर्च ९ प्रतिशत मात्रै भएको छ । चालू आर्थिक वर्षको ८ महिना (फागुन मसान्त) बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशमा ८ महिनामा पुजीगत खर्च ९ प्रतिशत मात्रै भएको हो । प्रदेश सरकारले आफ्नो कुल बजेटको करिब १६ प्रतिशत मात्रै खर्च गर्न सकेकाले सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनको अवस्था निकै सुस्त देखिएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार सरकारले विकास निर्माणका काममा हुने खर्च (पुँजीगत खर्च)तर्फ झनै दयनीय प्रगति देखाएको छ । यस वर्षको प्रदेश सरकारको कुल बजेट ३३ अर्ब ४३ करोड ३५ लाख ९८ हजार रुपैयाँ रहेको छ । फागुन मसान्त सम्मको विवरण अनुसार सरकारले चालु खर्च समेत जोडेर कुल ५ अर्ब ४९ करोड २० लाख ८३ हजार ४ सय ८ रुपैयाँ मात्रै खर्च गर्न सकेको छ ।

यो कुल बजेटको जम्मा १६.२२ प्रतिशत मात्रै हो । प्रदेशको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिने पुँजीगत खर्चको अवस्था सबैभन्दा कमजोर देखिएको छ । विकास निर्माणका योजना कार्यान्वयनका लागि विनियोजित बजेट मध्ये हालसम्म जम्मा १ अर्ब ९२ करोड ७८ लाख ४५ हजार ६ सय ९९ रुपैयाँ मात्रै खर्च भएको छ । यो पुँजीगत तर्फको कुल बजेटको ९.७३ प्रतिशत मात्रै    हो । लामो समयसम्म ठेक्का प्रक्रियामा अल्झिनु, प्रशासनिक ढिलासुस्ती र समयमै योजना छनौट हुन नसक्नुले विकास खर्च न्यून भएको देखिएको छ ।

कर्मचारी अभाव, जेनजी आन्दोलन र चुनाव लगायतका कारणले पुँजीगत खर्च कम भएको हुन सक्ने प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी बलदेव कपाडीले बताए । उनका अनुसार धेरै योजना कार्यान्वयन नहुने खालका हुने भएकाले पनि ती कार्यान्वयन नहुँदा खर्च कम देखिने उनले बताए । तुलनात्मक रुपमा यो खर्च न्यून भएको उनले बताए । प्रशासनिक, तलब भत्ता र कार्यालय सञ्चालन जस्ता चालू प्रकृतिका काममा भने पुँजीगतको तुलनामा बढी खर्च भएको छ ।

चालू खर्चतर्फ हालसम्म ३ अर्ब ५६ करोड ४२ लाख ५७ हजार ७ सय ८ रुपैयाँ खर्च भएको देखिएको छ । यो कुल बजेटको २६.२१ प्रतिशत हो । आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि १६ प्रतिशत मात्रै बजेट खर्च हुनुले बाँकी रहेको ८४ प्रतिशत बजेट अबको ४ महिनामा खर्च गर्नुपर्ने चुनौती देखिएको छ । यसले गर्दा आर्थिक वर्षको अन्त्यमा हतार–हतार काम गर्ने र बजेट सिध्याउने (असारे विकास) परिपाटीले पुनः प्रश्रय पाउने देखिन्छ ।

जसका कारण विकासको गुणस्तर कमजोर हुने गरेको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिमको कुल बजेटकोे ७० प्रतिशत रकम खर्च भएको थियो । प्रदेश सरकारको कुल चालु र पुँजीगत खर्चका लागि विनियोजित ३१ अर्ब ५३ करोड ६६ लाख रुपैयाँ मध्ये २२ अर्ब २८ करोड १३ लाख रुपैयाँ मात्र खर्च गरेको थियो ।

जसमा चालु खर्चतर्फ ७६.८१ प्रतिशत र पुँजीगत खर्चतर्फ ६६.५० प्रतिशत बजेट मात्रै खर्च भएके हो । पुँजीगत तर्फको १८ अर्ब ७५ करोड ५९ लाख बजेटमध्ये १२ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खर्च भएको छ । चालु खर्चतर्फको १२ अर्ब ७७ करोड ६ लाख बजेट मध्ये ९ अर्ब ८० करोड ८५ लाख रुपैयाँ खर्च भएको थियो भने ९ अर्ब २५ करोड ५२ लाख रुपैयाँ बजेट फ्रिज भएको थियो ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प