"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आरनको भरमा जीविका चलाउदै कञ्चनपुरका लुहार दम्पतीे

No data was found

Khabar Raftar

फागुन २८ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ फुलेलीमा आरन ब्यावसाय सञ्चालन गर्दै आएका ५६ वर्षीय शङ्कर लुहार दम्पतीले परम्परागत आरनको भरमा परिवारको जीविका चलाउँदै आएका छन । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय लुहारले परम्परागत आरन पेशाको भरमा परिवारको जीविका चलाउँदै आएका हुन । फलाम, तामा र सिल्भरका कृषि तथा घरायसी सामग्री निर्माण गरी गाउँ–गाउँ पुगेर बिक्री गर्ने गरेका छन ।

जीविकोपार्जनको नयाँ सम्भावना खोज्दै परिवार सहित कञ्चनपुर झरेका लुहारले तराईमा आएपछि पुर्खौंदेखि गर्दै आएको धातुजन्य सामग्री निर्माण गर्ने परम्परागत सीप आरनलाई जीवनयापनको आधार बनाएका हुन । फुलेलीमा करिब डेढ कट्ठा जग्गामा कच्ची घर बनाएर बस्दै आएका उनले घरकै छेउमा सानो आरन सञ्चालन गरेर विभिन्न प्रकारका कृषि तथा घरायसी प्रयोगका सामान बनाउने काम गर्दै आएका छन् ।

उनले आरनमा फलाम तताएर पिट्दै विभिन्न आकारका सामग्री तयार गर्ने गरेका छन । किसानलाई आवश्यक पर्ने हँसिया, बञ्चरो, चक्कु, दाउ, माना, पाथी लगायतका कृषि औजार उनदले बनाउने गरेका छन । घरायसी प्रयोगका लागि कडाही, पानी बोक्ने फोला, चरु, कुडी लगायतका सामान पनि उनले आरनमै तयार गर्ने गरेका छन । आरनमा तयार गरेका सामग्री स्थानीय बासिन्दाका घरघरमा पुगेर उनले बिक्री गर्ने गरेका छन ।

शङ्करका अनुसार पहाडमा बस्दा आरनमा बनाइने सामानको राम्रो माग थियो । गाउँका किसान र सर्वसाधारणले स्थानीय रूपमा बनाइएका बलिया र टिकाउ सामान प्रयोग गर्न रुचाउँने गरेको स्मरण गर्दे उनले पछिल्लो समय बजारमा कारखानामा बनेका सस्ता र सजिलै पाइने सामान बढ्दै जाँदा परम्परागत आरन पेशा सङ्कटमा परेको बताए । “पहाडमा बस्दा आफुले बनाएका सामान सजिलै बिक्री हुने गरेको विगत सम्झँदै उनले आफुले बनाउने सामान बलियो र टिकाउ हुने भए पनि बजारमा रेडिमेड सामान सजिलै पाउन थालेपछि ग्राहक खोज्नै गाह्रो हुन थालेको बताए ।

पहाडमा आरनमा बनाइने सामानको माग घट्दै गएपछि उनले जीविकोपार्जनको खोजीमा तराई झर्नु परेको बताए । तराईमा बजार ठूलो हुने र सामान सजिलै बिक्री हुने अपेक्षा गरेका भए पनि वास्तविकता भने फरक देखिएको उनले बताए । तराईमा बजार ठूलो भमए पनि कारखानामा बनेका सस्ता सामान धेरै पाइने भएकाले हातैले धातुलाई पिटेर बनाउने सामान बनाउन धेरै मेहनत लाग्ने र लागत पनि बढी लाग्ने भएकाले बजार पाउन समस्या भएको उनले बताए ।

आरनको काममा निकै मेहनेत गर्नु पर्ने बताउदै उनले फलामलाई आगोमा तताएर हातौडाले पिट्दै आवश्यक आकार दिनुपर्ने बताए । त्यसपछि धार लगाउने, घिसार्ने र प्रयोगयोग्य बनाईने हुँदा शारीरिक श्रम र अनुभव दुवै आवश्यक पर्ने उनले बताए । सामान तयार भएपछि श्रीमतीसँगै सामान टाउकोमा बोकेर गाउँ–गाउँ पुगेर बिक्री गर्ने गरेको उनले बताए । कहिलेकाहीँ धेरै टाढासम्म पैदल हिँडेर पनि सामान बेच्न जाने गरेको बताउदै उनले आरनमा तयार पारिएका धातुका सामान बिक्री गरेर महिनामा १० हजार देखि ३० हजार सम्म आम्दानी गर्ने गरेको बताए ।

आम्दानी स्थिर नहुने बताउदै उनले ग्राहक कम हुँदा आम्दानी निकै घट्ने बताए । “कहिलेकाहीँ ग्राहकले सामान नकिन्ने बताउदै उनले त्यस्तो बेला थोरै कमाई हुने बताए । यही कामबाट आउने पैसाले घरको चुलो बलिरहेको बताउदै उनले बालबालिका र जहान पाल्ने गरेको बताए । आफ्नो काममा श्रीमती किर्रा लुहारले साथ दिँदै आएको बताउदै उनले सामान तयार भएपछि दुवै जना गाउँ–गाउँ पुगेर बिक्री गर्ने गरेको बताए ।

कतिपय ठाउँमा सामान नगदमा बिक्री हुने भए पनि कतिपय ठाउँमा अझै पनि अन्न संग साटासाट गर्ने गरिएको उनले बताए । कही नगद पाइने बताउदै उनले कतिपयले अन्न वा बाख्रासँग साटेर सामान लिने गरेको बताए । पाँच छोरा र दुई छोरी रहेको बताउदै उनले आरन चलाएरै कमाएको पैसाले दुई छोरा र एक छोरीको विवाह सम्पन्न गरेको बताए । परिवारको अधिकांश खर्च यही पेशाबाट आएको आम्दानीले धानिएको बताउदै उनले पछिल्लो समय आरनबाट मात्रै परिवार धान्न गाह्रो भएपछि एक छोरा रोजगारीका लागि भारत गएको बताए ।

आरन पेशामा मेहनत धेरै र कमाई कम हुने बताउदै उनले नयाँ पुस्ताले आरन पेशा अगाल्न नमानेको बताए । सरकारले आरन सुधारका लागि आधुनिक मेसिन तथा उपकरण अनुदानमा उपलब्ध गराए काम गर्न सहज हुने बताउदै उनले मेसिन भए काम छिटो हुने र श्रम कम हुने भएकाले लागत घट्ने र बजारसँग प्रतिस्पर्धा गर्न सकिने बताए । अहिलेसम्म कुनै सरकारी निकाय वा सम्बन्धित संस्थाले परम्परागत पेशा जोगाउने कार्यमा लागेकाहरूको अवस्था बुझ्न चासो नदेखाएको उनले गुनासो गरे । आफ्नै पौरखले कमाएर खानेलाई कसैले नहेर्ने बताउदै उनले सीपलाई जोगाउन सरकारले सहयोग गर्नसके राम्रो हुने बताए ।

अहिलेको नयाँ पुस्ताले परम्परागत पेशा छोडेर अन्य रोजगारी खोज्न थालेको बताउदै उनले कम आम्दानी र धेरै श्रमका कारण युवापुस्ताले आरनको काममा चासो देखाउन छाडेको बताए । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का वडा सदस्य लालबहादुर महराले वडामा आरन सुधारका काम भइरहेको बताए । शङ्कर लुहारको परिवार वडामा आएको डेढ वर्ष मात्रै भएकाले आगामी दिनमा आरन सुधारका लागि सहयोग गर्ने योजना बनाउने उनले बताए ।

“वडामा रहेका धेरै आरन सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताउदै महराले लुहार परिवारका लागि पनि आगामी दिनमा सहयोग गर्ने प्रयास गर्ने बताए । परम्परागत सीप र श्रममा आधारित आरन पेशा अहिले आधुनिक उद्योग र बजार प्रतिस्पर्धाबीच अस्तित्व जोगाउन सङ्घर्षरत छ । लुहार जस्ता कारिगरहरूको सीप संरक्षण गर्न सकेमा स्थानीय उत्पादन, परम्परागत ज्ञान र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सरोकारवालाले बताएका छन ।

भर्खरै

सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गरौ
सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो
एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु
कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ
धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ
कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ
जगदम्बा माविको प्रधानाध्यापकमा दलित महिला नियुक्त
सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशन गर्न सरकारको परिपत्र, पत्रकार महासंघको विरोध

धेरै कमेन्ट गरिएको

सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

IMG_3943

सुप समावेशी आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

Accident Npl1682907938

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

cropped-cropped-khabar-raftar-2.png

भ्रष्टाचारीलाइ कारबाही गरी भ्रष्टाचारको अन्त्य गरौ

1773300450-vySlp

सामुहिक बलात्कार पछि हत्या गरिएकी इनिशा विकको अन्त्येष्टि गरियो

Untitled

एसईई परिक्षा सुरु भएसंगै उत्तरपुस्तिका परीक्षण पनि सुरु

pakrau-1

कैलालीको मालपोत र यातायात कार्यालयबाट १२ जना पक्राउ

juwa_tass_qvnAX9iupj

धनगढीबाट नगद सहित ८ जना जुवाडे पक्राउ

pakrau-1

कञ्चनपुरबाट २२ वर्ष देखि फरार वृद्धा पक्राउ