"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बजेट अभावमा दार्चुलाको तुसारपानी–तिङ्कर सडक निर्माण कार्य बन्द

No data was found

Khabar Raftar

फागुन २६ धनगढी । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलास्थित निर्माणाधीन तुसारपानी–तिङ्कर सडक निर्माण एक महिना देखि बन्द भएको छ । सडक निर्माणका लागि छुट्याइएको बजेट सकिए पछि सडक निर्माण बन्द भएको हो । नेपाली सेनाको दार्चुला–तिङ्कर सडक आयोजनाका आयोजना प्रमुख एवं प्रमुख सेनानी राजेश कटवालले सडक निर्माण एक महिना देखि बन्द भएको जानकारी गराएका हुन ।

सरकारले चालु आर्थिक बर्ष २०८२÷८३ का लागि तिङ्कर सडक निर्माणमा एक करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरेको जानकारी गराउदै उनले तिङ्कर सडकमा सेनालाई छ करोड ३१ लाख रुपैयाँ बजेट प्राप्त भएकोमा यसमध्ये सडक निर्माणका लागि एक करोड रुपैयाँ मात्रै बजेट राखिएको बताए ।

सडक निर्माणका लागि विनियोजित बजेट एक करोड रुपैयाँ खर्च भइसकेको जानकारी गराउदै उनले सडक निर्माण कार्य माघ १८ गते देखि बन्द रहेको जानकारी गराए । यसअघि दुईतिरबाट निर्माण भइरहेको सडक बजेट अभावका कारण रोकिएको उनले जानकारी गराए । सरकारले विनियोजन गरेको बाँकी बजेटले भवन निर्माण र मेसिनरी औजार खरिद गर्ने शीर्षकमा रहेको जानकारी गराउदै उनले टाउको लुकाउन सानो छानो भए हुने र भवन नचाहिने बताएका छन ।

भवन निर्माण र मेसिनरी औजार खरिदको बजेट सडक निर्माणमा हालिदिन आग्रह गरेको उनले जानकारी गराए । नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको तुसारीपानी–तिङ्कर सडक आयोजनामा प्राप्त बजेटलाई संशोधन गरी सडक निर्माण शीर्षकमा राखिदिन संशोधनको प्रस्ताव सहितको पत्र भौतिक मन्त्रालयलाई पठाएको उनले जानकारी गराए ।

बजेट संशोधन भएको कुनै जानकारी प्राप्त नभएको बताउदै उनले संशोधनको प्रक्रियामै रहेको हुन सक्ने बताए । सेनाले चालु आर्थिक वर्षको विनियोजित बजेटमध्ये चार करोड रुपैयाँ सडक निर्माणमा खर्च गर्न बजेट संशोधनको प्रस्ताव गरेको उनले जानकारी गराए । सेनाको प्रस्ताव अनुसार बजेट संशोधन नहुँदा सडक निर्माण ठप्प बनेको उनले बताए ।

स्थानीय जनकसिंह धामीले व्यास गाउँपालिकाको माल र दुम्लिङ क्षेत्रका बासिन्दाले सडक निर्माणमा रोजगारी पाइरहेको बताउदै निर्माण बन्द हुँदा अहिले बेरोजगार हुनु परेको बताए । नेपाली सेनाले पुस मसान्त सम्मको अवधिमा व्यास गाउँपालिका वडा नम्बर–२, आतुङ्ती र कल्जु क्षेत्र जोड्ने गरी सडकको ट्र्याक खोलेको बताउदै उनले सडक निर्माण भएपछि व्यासको छाङरु जोड्ने पैदल बाटो पनि सञ्चालनमा आएको बताए ।

सेनाको प्रस्ताव अनुसार बजेट संशोधन भएपछि चालु आर्थिक बर्षमा चार करोड बजेट खर्च गरेर एक हजार चार सय मिटर ट्र्याक निर्माण र एक हजार दुई मिटर सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएको प्रमुख सेनानी कटवालले बताए । प्रर्याप्त बजेट उपलब्ध भएमा हेलिकोप्टर मार्फत सडक निर्माणमा प्रयोग हुने ठुलठुला मेसिन ढुवानी गरी सडक निर्माणको काम अघि बढाउन सकिने प्रमुख सेनानी कटवालले बताए ।

तुसारपानी देखि तिङ्कर सम्मको ७९ किलोमिटर मध्ये नेपाली सेनाले हाल सम्म १८.५ किलोमिटर सडकको ट्र्याक खोलिसकेको उनले जानकारी गराए । आर्थिक बर्ष २०७७÷७८ देखि उक्त सडकलाई नेपाली सेनाले निर्माण गरिरहेको जानकारी गराउदै प्रमुख सेनानी कटवालले नेपाली सेनाले चालु आर्थिक बर्षमा छाङ्ररुबाट तल एक किलोमिटर सडकको नयाँ ट्र्याक खोलेको जानकारी गराए ।

यस वर्षको बजेट अनुसार १.४ किलोमिटर सडक निर्माणको लक्ष्य पाएको सेनाले एक किलोमिटर सडक निर्माण गरिसकेको उनले बताए । लक्ष्य अनुसार निर्माण गर्न बाँकी रहेको चार सय मिटर सडक निर्माणको काम तत्काल सम्पन्न गरिने जानकारी गराउदै उनले नेपाली सेनाले गत वर्ष ८.५ किलोमिटर र यस वर्ष छ सय मिटर सडकको स्तरोन्नति गरेको बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण