फागुन २२ झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बरिष्ठ नेता बालेन शाहले दोब्बर मतान्तरले पछाडी पारेका छन् ।
जारी मतगणनाको पछिल्लो अपडेट अनुसार,बालेनले १० हजार १ सय ९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले ४ हजार ८७ मत मात्र प्राप्त गरेका छन् ।
एमालेको ’गढ’ मानिने यस क्षेत्रमा पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओली सुरुवाती गणनामै पछाडी परेका हुन् । त्यसैगरी कांग्रेसकी मन्धरा चिमरियाले ७८ मत ल्याएकी छिन्, भने नेकपाका रन्जित तामाङले ९० मत प्राप्त गरेका छन् ।
Post Views: 34


