"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा विद्युत् सेवा पुग्यो

No data was found

Khabar Raftar

फागुन १३ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अघी भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य भको अबश्थालाई मध्येनजर गर्दे नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब ६५ लाखको लागतमा मुडका देखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरे पछि पहिलोपटक नियमित विद्युत् सेवा पुगेको हो ।

पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने र ट्रान्सफर्मर राख्ने सम्पूर्ण काम ठेक्का प्रक्रिया मार्फत सम्पन्न गरिएको बतार्ईएको छ । विद्युत् सेवा विस्तारसँगै मन्दिर परिसर, नवनिर्मित भजनघर तथा आसपासका क्षेत्रमा बल्ब जडान गरी क्षेत्र झिलीमिली बनाइएको छ । यसअघि साँझपख पूजा, आरती र धार्मिक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने गरेकामा अब सहज भएको स्थानीयवासीले बताएका छन ।

वडा नम्बरं ९ का अध्यक्ष रमेशबहादुर ऐरले विद्युत् सेवा विस्तारले धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याएको बताए । पहिले अँध्यारोका कारण भक्तजनले सास्ती खेप्नुपरेको बताउदै उनले मन्दिर परिसर उज्यालो बनेप िसहज भएको बताए । धाम क्षेत्रका पूर्वध्यक्ष भरतबहादुर ऐरले विद्युत् सेवा पुगेपछि धाम क्षेत्रमा हुने धार्मिक कार्यक्रम, सत्सङ्ग तथा भजनकीर्तन रातिको समयमा पनि व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने बताए ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको मणिका धाममा हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन परम्परागत मेला (जाँत) लाग्ने गरेको उनले बताए । यस वर्ष फागुन १३ र १४ गते मेला आयोजना गरिएको उनले बताए । बैजनाथ बाबाको दर्शन गर्दा इच्छित फल प्राप्त हुने विश्वासले नेपाल र भारतका हजारौँ दर्शनार्थी आउने गरेको उनले बताए । झिलीमिली उज्यालोले मणिका धामलाई अझ आकर्षक बनाएको बताउदै उनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

विद्युत् सेवा विस्तारसँगै यस वर्षको मेलामा रातिको समयमा आउने भक्तजनले अँध्यारोको सास्ती खेप्न नपरेको उनले बताए । विद्युत् सेवा विस्तारसँगै धार्मिक कार्यक्रम, रातको पूजा, मेला सञ्चालन र स्थानीय व्यापार–व्यवसायमा नयाँ ऊर्जा थपिएको उनले बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण