"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

‘च्याम्पियन्स ३६– ग्रासरुट टू ग्लोरी’ अभियान सुरु

No data was found

Khabar Raftar

फागुन ११ धनगढी । आगामी १० वर्षभित्र नेपाललाई टी–२० विश्वकप क्रिकेटको उपाधि दिलाउने दीर्घकालीन लक्ष्य सहित धनगढीबाट ‘च्याम्पियन्स ३६– ग्रासरुट टू ग्लोरी’ अभियान सुरु गरिएको छ । सन् २०३६ मा टी–२० विश्वकप उचाल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य सहित गो ड्रीमर्सले अभियान सुरु गरेको हो ।

अभियानको सुरुवाती चरणमा ऐश्वर्य विद्या निकेतनसँग १० वर्षे रणनीतिक सहकार्य घोषणा गरिएको छ । विद्यालयका प्राचार्य सञ्जय पन्त र गो ड्रीमर्सका अध्यक्ष सुवास शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै अभियान औपचारिक रूपमा सुरु गरेका हुन् ।
अध्यक्ष शाहीले आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेटर उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको बताए । अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना पनि रहेको उनले बताए ।

धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्यांकन ९भ्क्ष्ब्० सम्पन्न भई निर्माण प्रक्रियातर्फ अघि बढिरहेका बेला सुरु भएको यस अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पूर्वाधार विकाससँगै दक्ष खेलाडी उत्पादनलाई समानान्तर रूपमा अघि बढाउने उद्देश्य अभियानको रहेको जनाइएको छ । प्रदेशभर खेल विकास कार्यक्रम सञ्चालन गर्दै आएको गो ड्रीमर्स युवा प्रतिभा पहिचान र विकासमा सक्रिय संस्था हो ।

नेपाल सुपर लिग अन्तर्गत धनगढी एफसी क्लब पनि यसकै स्वामित्वमा रहेको छ भने प्रतिष्ठित अर्जुन ट्रफीको आयोजना समेत गर्दै आएको छ । यसअघि धनगढी उपमहानगर पालिकासँगको सहकार्यमा फुलबारी र जुगेडामा ग्रासरुट क्रिकेट परियोजना सञ्चालन गरिसकेको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै विद्यालयका अध्यक्ष तथा पूर्व नगरप्रमुख निर्पबहादुर वडले सबै सरोकारवाला निकाय, अभिभावक, प्रशिक्षक र खेलाडीलाई अभियान सफल बनाउन आह्वान गरे । उनले सुदूरपश्चिमको खेल इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्य सहित अघि बढाइएको यो पहल भविष्यमा राष्ट्रिय गौरवको विषय बन्ने बताए ।

विद्यालयका प्राचार्य पन्तले सुदूरपश्चिम प्रदेश क्रिकेटका लागि उर्बर भूमि भएको बताउदै हुने प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थितिले क्रिकेट प्रतिको क्रेज स्पष्ट भएको बताए । फ्रेन्चाइजी मोडल मार्फत व्यावसायिक क्रिकेटको सुरुवात भएको भूमिबाटै १० वर्षे विश्वकप सपनाको बीउ रोप्न पाउँदा गर्व लागेको उनले बताए ।

अभियान अन्तर्गत विद्यालय तथा समुदाय स्तरबाट प्रतिभा खोजी र छनैेट प्रक्रिया सुरु गरिने छ । नियमित ट्रायल, अन्तरविद्यालय प्रतियोगिता र विशेष छनोट कार्यक्रम मार्फत सम्भावनाशील खेलाडी पहिचान गरिने जनाइएको छ । छनौट भएका खेलाडीलाई व्यवस्थित र व्यावसायिक प्रशिक्षण प्रदान गरिने छ । जसमा नेपाल क्रिकेट संघबाट विभिन्न तह पार गरेका प्रशिक्षक तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको सहभागिता रहनेछ ।

प्रशिक्षणमा प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टिमवर्क र नेतृत्व विकासलाई प्राथमिकता दिइनेछ । आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेल मार्फत खेलाडीलाई दीर्घकालीन रूपमा तयार गर्ने योजना रहेको छ ।

खेलाडीलाई ‘म्याच एक्सपोजर’ प्रदान गर्न देशभित्र विभिन्न प्रतियोगितामा नियमित सहभागिता गराइनेछ भने भारतका प्रतिष्ठित क्रिकेट एकेडेमी तथा प्रतियोगितामा प्रशिक्षण र मैत्रीपूर्ण खेलको अवसर उपलब्ध गराइने बताइएको छ । आवश्यकता अनुसार अन्य क्रिकेट राष्ट्रमा प्रशिक्षण क्याम्प र अन्तर्राष्ट्रिय भ्रमणको व्यवस्था गरिने योजना पनि रहेको आयोजकले जनाएको छ ।

भर्खरै

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना
दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु
ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र
जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ
डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता
सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु
सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने
नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प
कञ्चनपुर ट्राफिक प्रहरीद्वारा सवारी चालक चेकजाँचमा कडाइ
गेटा विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरुको संयुक्त आवाज

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

जातीय विभेदको अन्त्य र दलित महिलाहरुको अबश्था सुधारका लागी दलितमुखि निती तथा योजना बनाउनु पर्छ ः उप प्रमुख राना

jeep-acc-darchula

दार्चुलामा जिप दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु

ramarosan-rood-1024x683

ठेकेदारका कारण रामारोशन सडक छ बर्ष देखि अलपत्र

cropped-cropped-khabar-raftar-2.png

जोखिम युक्त बस्तीलाई समयमै स्थान्तरण गरौ

dadeldhura-hospital-768x395

डडेल्धुरा अस्पतालमा दरबन्दी भई काजमा खटिएका चार जना चिकित्सकको काज फिर्ता

qqq

सुदूरपश्च्मि प्रदेशमा विद्यालय शिक्षा क्षेत्र सुदृढीकरण परियोजना औपचारिक रुपमा सुरु

See-exam1680176123

सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७३ जना एसइई परीक्षामा सहभागी हुने

210cd09e-2859-40b9-aa20-98e038716cf5

नगर बस विवादले गर्दा दिपायल–सिलगढी जिप सेवा ठप्प