"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

No data was found

Khabar Raftar

फागुन १० कञ्चनपुर । कञ्चनपुरको मणिका धाम (मुडका) मा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम्मा यही फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने भएको हो ।

वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका काम सम्पन्न भएका छन् । मन्दिर भन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि पसल राख्न मैदान सम्याउने, झाडी सफा गर्ने र आवश्यक संरचना मिलाउने कार्य सकिएको समितिले जनाएको छ ।

दर्शनार्थीको सहज आवागमनका लागि सवारीसाधन पार्किङस्थल निर्धारण गरिएको समितिका अध्यक्ष पुरन हमालले जानकारी गराए । मन्दिर परिसर र आसपास क्षेत्र दर्शनार्थीका लागि छुट्याइएको बताउदै उनले मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको बताए । सवारी आवत जावतका लागि सडक मर्मत कार्य अघि बढाइएको र खानेपानीको उचित प्रबन्ध मिलाइएको उनले जानकारी गराएका छन ।

शान्ति सुरक्षालाई प्राथमिकता दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको र मेला अवधिभर सुरक्षा व्यवस्था कडा पारिने उनले जानकारी गराए । समितिका कोषाध्यक्ष डम्बरबहादुर ऐरले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलालाई दर्शनमा प्राथमिकता दिने निर्णय गरिएको बताए ।

हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा मेला लाग्ने परम्परा रहेको उनले जानकारी गराए । मेलाका अवसरमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको उनले बताए । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिने मुडकामा बैजनाथ बाबाको दर्शन गरेमा इच्छित फल प्राप्त हुने जनविश्वास रहेको बताउदै उनले जसका कारण नेपाल र भारतका हजारौँ दर्शनार्थी सहभागी हुने गरेको बताए ।

मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र नजिकै तलाउ रहेको उनले बताए । मन्दिर परिसर नजिकै करिब दुई करोड रुपैयाँभन्दा बढीको लागतमा आधुनिक शैलीको भजनघर निर्माण गरिएको जानकारी गराउदै उनले पहिलोपटक मन्दिर क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको बताए ।

पूर्व–पश्चिम राजमार्गबाट करिब ११ किलोमिटर उत्तर चुरेको फेदीमा अवस्थित उक्त क्षेत्र प्राचीनकाल देखि पहाडी भेगबाट चौपाया सहित हिउँदमा बसाइँ सर्नेहरूको आश्रयस्थलका रूपमा परिचित रहेको उनले जानकारी गराए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण