फागुन ०४ धनगढी । कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ । मोहन्याल गाउँपालिका वडा नम्बर–७ नालकोट स्थित नेपाने जंगलको बाटो नजिकैको झाडीमा लुकाइएको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।
आइतबार ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा भरुवा बन्दुक बरामद गरेको प्रहरीले जानकारी गराएको हो ।
Post Views: 11


