माघ २८ बाजुरा । बाजुरामा भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर–५, कालसैन बस्ने कालुबहादुर विष्टका ४० वर्षीय छोरा अम्मरसिंह विष्टको भिरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार बिहान ९ बजेर ३० मिनेटको समयमा बुढीनन्दा नगरपालिका वडा नम्बर–५, कोल्ले खोलाको सिँचाइ कुलो खन्ने बेलामा भिरबाट लडेर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी गराएको हो ।
मृतक विष्टको शव पोस्टमार्टमका लागि कोल्टी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी गराए । बाजुरामा केही दिन पहिला गौमुल गाउँपालिका र त्रिवेणी नगरपालिकाका दुई जना युवकको पनि भिरबाट लडेर ज्यान गएको थियो । माघ महिनामा बाजुराका तीन जनाको भिरबाट लडेर ज्यान गइसकेको छ ।
Post Views: 28


