माघ २५ बैतडी । बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार राती दोगडाकेदार गाउँपालिका वडा नम्बर–३ खोचलेकबाट कालागाउँ तर्फ गइरहेको सु.प.प्र ०२–००१ ज ०६२४ नम्बरको ‘इभी हाइस’ सिल्लेगडा–बडिया सडक खण्डको घोडेधार नजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
‘इभी हाइसका चालक दोगडाकेदार गाउँपालीका वडा नम्बर–५ का चालक मदन ठगुन्नाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडुले जानकारी गराएका छन ।
सवारी साधनमा चालकमात्र सवार भएको जानकारी गराउदै उनले दुर्घटनाग्रस्त गाडी सडकबाट २ सय ५० मिटर तल खसेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
Post Views: 8


