"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निजी क्षेत्रको लगानीमा धनगढीमा, क्रिकेट मैदान निर्माणको काम सुरु

No data was found

Khabar Raftar

माघ २० धनगढी । कैलालीको धनगढीमा निजी क्षेत्रबाट क्रिकेट मैदान निर्माणको काम सुरु गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–३ फाप्ला मैदान नजिकै पाँच बिगाह क्षेत्रफलमा क्रिकेट मैदान निर्माणको काम सुरु गरिएको हो ।

फाप्ला खेलग्रामका अध्यक्ष समेत रहेका सुवाश शाही र मोहन साउँदको लगानीमा क्रिकेट मैदान सहित पार्क निर्माणको शिलान्यास गरी निर्माणको काम सुरु गरिएको हो ।

फाप्ला खेलग्रामका अध्यक्ष शाहीले मैदानमा छ वटा पिच बनाइने जानकारी गराउदै क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनसार ६५ देखि ७५ मिटर सम्मको बाउण्ड्री रहने जानकारी गराए ।

पर्खाल निर्माण देखि मैदान सम्याउने सम्मको काम सम्पन्न भइसकेको जानकारी गराउदै शाहीले सोमबार देखि पिच निर्माणको काम सुरु गरिएको बताए ।

रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तयार गरेका क्युरेटर माधव पाठकले पिच निर्माणको काम गरिरहेको जानकारी गराउदै शाहीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्रामको डीपीआर र इआइए स्वीकृत भइसकेको बताए ।

रंगशाला निर्माण र पूर्वाधार विकास कार्यान्वयनको बाटो स्पष्ट भएको बताउदै शाहीले अभियानलाई बलियो आधार दिन धनगढी ओभलको शिलान्यास गरेको बताए ।

धनगढी ओभलमा चरणबद्ध रुपमा पूर्वाधार विकास गरिने बताउदै उनले केवल मैदान निर्माण मात्र नभई ग्रासरुट सशक्तिकरण तथा खेल पर्यटन प्रवद्र्धनका लागि पनि भएको बताए ।

आर्थिक गतिविधि विस्तार र सुदूरपश्चिम प्रदेशको खेल पहिचानलाई राष्ट्रिय गौरवमा रूपान्तरण गर्ने साझा अभियान भएको बताउदै उनले पहिलो चरणमा पिच निर्माण, इरिगेसन र ड्रेनेज प्रणाली जडानको काम भइरहेको बताए ।

दोस्रो चरणमा पवेलियन, चेन्जिङ रुम तथा नेट अभ्यास गर्ने ठाउँ तयार गरिने बताउदै शाहीले तेस्रो चरणमा प्याराफिट निर्माण र फ्लड लाइट जडानको कामसँगै मैदानको बाहिर पट्टीको भागमा फुड कर्नर देखि अन्य व्यवसायिक स्टलहरु पनि तयार गरिने बताए ।

क्रिकेटका पूर्वखेलाडी समेत रहेका क्रिकेट विकासका अभियान्ताका रुपमा परिचित शाहीको अगुवाईमा धनगढीमा एसपीए कपको थालनी गरिएको थियो । नेपालमा पहिलोपटक अक्सन बेसमा आधारित धनगढी क्रिकेट लिग पनि शाहीले नै आयोजना गरेका थिए ।

उनकै अग्रसरतामा धनगढी प्रिमियर लिग (डिपिएल) प्रतियोगिताको पनि आयोजना भएकोमा पछिल्लो समय शाहीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगीता आयोजना गर्दै आएका छन् ।

भर्खरै

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए
अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु
काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने
बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण
लागूऔषध सहित एक जना पक्राउ
बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित
मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए
नेपाल प्रहरीमा ६ सय ७ प्राविधिक पदमा भर्ना खुल्यो
सभामुखमा डिपी अर्याल निर्विरोध, आइतबार औपचारिक घोषणा गरिने

धेरै कमेन्ट गरिएको

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

ssss-1775218418

बैतडीको पाटनमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरमा २ सय ४२ जनाले सेवा लिए

Untitled-5

अछाममा एसईई उत्तरपुस्तिका परीक्षा केन्द्रमै जाँच्न सुरु

cropped-cropped-khabar-raftar-2.png

काठा दुम्लिङमा श्रमदान मार्फत झोलुङ्गे पुल निर्माण गरिने

0cb07559-fd6d-43b2-8a56-51d6fd3f7b38

बाम्काब जारमा २० वर्ष पछि शौचालय निर्माण

pakrau-1

लागूऔषध सहित एक जना पक्राउ

ae9c2e47-ab33-4df9-806f-ad8a7553a6d4

बैतडीमा एसइईको पहिलो दिन ५६ जना परीक्षार्थी अनुपस्थित

buspark-

मार्तडीमा बसपार्क नहुँदा पार्किङ गर्न समस्या

202604030646-daa85d27-f2cf-4668-9425-6786cd0b07a0

सशस्त्र प्रहरीको स्वास्थ्य शिविरबाट ७ सय ६९ जनाले सेवा लिए