"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दे बाजुराको बुढीनन्दाकी बोहरा

No data was found

Khabar Raftar

माघ १० बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर–३ सिराडीकी देबु बोहराले तरकारी खेती बाट मनग्य आम्दानी गर्दे आएकी छिन । केही समय पहिला रोजगारीका लागि भारत जाने गरेकी बोहराले अहिले गाउँमै जमिन भाडामा लिएर तरकारी खेती गर्न थाले पछि मनग्य आम्दानी गर्दे आएकी ह्ुन ।

बन्दा गोभी र टमाटर उत्पादन गर्दै आएकी उनले अहिले घरमै बसेर आम्दानी गर्दै आएकी छिन । गत मङ्सिरमा बारीमा बन्दा गोभी राम्रै फलेको बताउदै उनले आम्दानी पनि राम्रै भएको बताईन । बन्दा गोभी बिक्री गरेर वार्षिक दुइ देखि चार लाख रुपैयाँ सम्म कमाई हुने गरेको बोहराले जानकारी गराईन ।

२०७६ सालमा बुढीनन्दा नगरपालिका वडा नम्बर–२ दानसाँगु खोला नजिकै जमिन भाडामा लिएर बन्दा काउली टमाटर उत्पादन गरेर बिक्री गर्न थालेपछि अहिले राम्रै कमाई हुने गरेको उनले बताईन । गाउँमा केही विकल्प नहुँदा विगत लामो समय देखि श्रीमान सँगै भारतका विभिन्न ठाउँमा पुगेर काम गर्नु परेको बताउदै उनले भारतमा कमाई गरेको पैसाले छोरा छोरीलाई पढाउन खर्च हुने गरेको उनले बताईन ।

श्रीमान श्रीमति भारतमा लामो समय देखि काम गर्दै आएपनि त्यो पैसाले परिवारलाई पाल्न समेत मुस्किल हुने गरेको उनले सुनाईन । २०७६ साल देखि भारत छोडेर गाउँमै तरकारी खेती सुरु गरेको बताउदै उनले तरकारी खेतीले परिवार पाल्न सहज भएको बताईन ।

पहिला गाउँ नजिक बिरसैन र पछि कोल्टी नजिक दानसाँगु खोला नजिकै जमिन भाडामा लिएर त्यसमा बन्दा काउली र टमाटर खेती सुरु गरेको बताउदै उनले अहिले राम्रो कमाई हुन थालेको बताईन । विगतका दिनमा भारतका विभिन्न स्थानमा काम गर्दै आएकी बोहराले अहिले आफ्नै गाउँमा तरकारी खेती गर्दा निकै खुसी मीलेको बताईन ।

भारतमा काम गर्दा छोरा छोरी गाउँमा छाड्नु परेको बताउदै उनले अहिले गाउँमा तरकरी खेती गर्दा छोरा छोरीलाई सहरमा पढ्न पढाएको बताईन । छोरा छोरीलाई उच्च शिक्षा पढाउँन निकै सहज भएको बोहराले बताईन । राम्रोसँग मेहनेत गरे कामको राम्रो दाम पाईदो रहेछ भन्ने कुरा प्रमाणीत भएको उनले बताईन ।

गाउँमै केही गरेर खानु पर्छ भन्ने सोचका साथ जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेपछि दुइ जनालाई रोजगारी समेत दिएको उनले बताईन । वर्षेनी ऋण निकालेर घर खर्च धान्नु परेको अबश्थामा तरकारी खेती गरेपछि वार्षिक दुइ देखि चार लाख बचत हुने गरेको उनले बताईन ।

स्थानीय , प्रदेश र सङ्घीय सरकारले कृषक महिलाका लागि अनुदानको व्यवस्था मिलाई दिने हो भने गाउँमा रहेका बेरोजगार महिलालाई रोजगारी दिन सकिने बोहराले बताईन ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन