माघ १० डडेल्धुरा । डडेल्धुरामा एकजना महिला मृत अबश्थामा भेटिएकी छिन भने घटनामा सम्लग्न भएको आरोपमा एक जना प्रहरीलाई पक्राउ गरिएको छ ।
डडेल्धुराकोे अमरगढी नगरपालिका वडा नम्बर–४ बस्ने भागेश्वर गाउँपालिकाकी सरिता गिरी मृत भेटिएको घटनामा प्रहरीका चालक यज्ञ साउदलाई पक्राउ गरिएको हो ।
मृत्यु अघि गिरीले सामाजिक सञ्जालमा ती प्रहरीसँगको सम्बन्ध खुल्नेगरी कुराहरू उल्लेख गरेकी हुँदा जिल्ला प्रहरी कार्यालयमा कार्यरत साउदलाई पक्राउ गरिएको हो । सोही आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी गराएको हो ।
मृतकका श्रीमान् लामो समय देखि वैदेशिक रोजगारीमा रहेको खुलेको छ । मृतक महिला र पक्राउ गरिएका साउदबीच अनैतिक सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
Post Views: 14


