प्रदिप मलासी, माघ ०३ बझाङ । नेपाल भारत सहयोगमा बझाङ्गको सबै भन्दा पुरानो बिध्यालय सत्यवादी उच्च माध्यामिक बिध्यालयको प्रशासनिक र छात्रबास भवनको सिलान्याश गरिएको छ ।
शुक्रवार सत्यबादी माध्यमिक विद्यालय, भोपुरमा नेपाल–भारत सहयोगमा करिब १४ करोड रुपैयाँको लगानीमा निर्माण हुन गइरहेको प्रशासनिक भवन तथा छात्रावास भवनको शिलान्यास गरिएको हो ।
विद्यालय परिसरमा आयोजित बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन ।
शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराटी, सायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशि जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैन बहादुर सिंह, जयपृथ्बि बहुमुखि क्याम्पस प्रमुख दिर्घराज पण्डित विद्यालय ब्याबश्थापन सिमतिका सदस्यहरु , सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा नगर प्रमुख चेतराज बजालले नेपाल–भारत बीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यले शिक्षा क्षेत्रको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । परियोजनाले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न सहयोग पुग्ने उनले बताए ।
निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूको पठन पाठनको वातावरणमा ढाडाबाट आउने बिध्यार्थिहरुलाइ सहज हुने, आवासीय सुविधामा सुधार आउने तथा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ । जिल्लाकै पुरानो तथा भरपर्दाे बिध्यालय भएकाले हाल १ हजार ६ सय ८२ जना बिध्यार्थिहरुले अध्यन गरिरहेका छन ।
जिल्ला भरिबाटै पढन आउने संख्या बडढदो क्रम्मा रहेकाले गरिब तथा जेहेन्दार बिध्यार्थिका लागि निशुल्क छात्राबास बन्दा अध्यन अध्यापनमा सहज हुने बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्काले बताए ।
खड्का अध्यक्ष बने पछि भवन, फिल्ड निर्माण, तथा घेरबार लगायत बिध्यालयको शैशिक तथा पशासनिक लगायत ब्यबस्थापनको उल्लेख्य बिकास भएको अभिभावकले बताएका छन । उक्त कार्यक्रमको सञ्ंचालन शिक्षक लक्ष्मण उपाध्यायले गरेका थिए भने स्वागत मन्तब्य प्रधानाध्यापक खगेन्द्र प्रसाद जोशिले गरेका थिए ।



