"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शुक्लाफाँटामा क्रिकेट पूर्वाधार निर्माण कार्य सुरु

No data was found

Khabar Raftar

पौष २८ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ स्थित कालिका माध्यमिक विद्यालयको खेलमैदानमा जनसहयोग सङ्कलन गरी क्रिकेट पूर्वाधार निर्माण सुरु गरिएको छ । कृष्णसार फाउन्डेसनको नेतृत्वमा आर्थिक सहयोग सङ्कलन गरी क्रिकेट मैदान तथा पिच निर्माण कार्य सुरु गरिएको हो ।

राज्यका तर्फबाट खेलकुद पूर्वाधारमा पर्याप्त लगानी नभए पछि स्थानीय स्तरमा सहयोग जुटाएर र नगरपालिकाको स्रोतसाधन प्रयोग गरी मैदान सम्याउने तथा पिच निर्माण गर्ने कार्य भइरहेको फाउन्डेसनका अध्यक्ष विवेक रावलले जानकारी दिए । “खेलाडीहरू फुटेको पिच र च्यातिएको जालीमा प्रशिक्षण गर्न बाध्य भएको बताउदै अध्यक्ष रावलले उनीहरूको समस्यालाई मूल्याङ्कन गर्दै टर्फ र सिमेन्ट गरी दुवै प्रकारका पिच निर्माण गरिरहेको बताए ।

हाल मैदान सम्याउने र पिच निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताउदै उनले उक्त मैदानमा हाल महिला र पुरुष गरी क्रिकेटका ४० जना खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएको बताए । प्रशिक्षणमा रहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेका आशिष लुहार, सुशील रावल, कैलाश ऐर, सुरज तिरुवा, सुवेश रावल, आशिका महरा, रविना धामी र मनिषा खत्री लगायतका खेलाडीहरू आफैँ श्रमदानमा खटिएको प्रशिक्षक साजन गौतमले बताए ।

“खेलाडीहरूले पिचमा ढुङ्गा मिलाउने, बोक्ने, माटो बोक्ने सम्याउने लगायतको कार्यमा सहयोग गरिरहेको उनले बताए । क्रिकेट पूर्वाधार निर्माणका लागि अझै आर्थिक अभाव भएकाले सहयोगी हातहरूको खाँचो रहेको उनले बताए । त्यसैगरी निर्माणाधीन क्रिकेट मैदान र पिचको सुदूरपश्चिम क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी र नेपाल क्रिकेट टोलीका छनौटकर्ता सेलेक्टर युनिल श्रेष्ठ लगायतका टोलीले अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा सेलेक्टर श्रेष्ठले खेलाडीहरू आफैँ खटिएर ‘टर्फ पिच’ निर्माणमा लाग्नु उदाहरणीय कार्य भएको बताए । सुदूरपश्चिम क्रिकेट सङ्घका अध्यक्ष जोशीले खेलाडीहरूले राष्ट्रिय टोलीमा पुगेर राम्रो प्रदर्शन गरिरहेको बताउदै पूर्वाधार निर्माण भएपछि थप प्रतिभाशाली खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन