"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

No data was found

Khabar Raftar

पौष २३ धनगढी । घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको सङ्ख्या बढेको पाईएको छ भने जलपन्छीको संख्या घटेको पाईएको छ । चरा संरक्षण नेटवर्क कैलालीको टोलीले यही पुस १९ गते देखि २१ गतेसम्म गणना गर्दा नेपालको पहिलो चरा अभय आरण्य हरिहाँसको सङ्ख्या बढेको पाईएको हो भने जलपन्छीको संख्या घटेको पाईएको हो ।

घोडाघोडीको सूचक प्रजाति हरिहाँसको सङ्ख्या बढेको चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले जानकारी गराए । सन् २०२२ मा हरिहाँस ३ सय ९४ रहेकोमा सन् २०२३ मा ३ सय १६, सन् २०२४ मा ४ सय ११, सन् २०२५ मा ३ सय ७२ र यस वर्ष ४ सय २९ पुगेको चौधरीले जानकारी गराए ।

त्यसैगरी जलपन्छीको सङ्ख्या घटेको बताउदै चरा संरक्षण नेटवर्कका अध्यक्ष चौधरीले सन् २०२२ मा १ हजार ६ सय ८५ रहेको जलपन्छी सन् २०२३ मा १ हजार २ सय २१, सन् २०२४ मा १ हजार ४ सय ३७, सन् २०२५ मा १ हजार ३ सय १६ र यस वर्ष १ हजार १ सय ६८ मा सीमित भएको जानकारी गराए ।

अध्यक्ष चौधरीले कैलाली जिल्लामा सबैभन्दा धेरै तालतलैया रहेको बताउदै घोडाघोडी ताल तराई क्षेत्रको सबैभन्दा ठूलो प्राकृतिक ताल मानिने जानकारी गराए । घोडाघोडी ताल सहित २४ वटा तालहरूमा चराहरूको मुख्य बासस्थान भएको उनले बताए । चौधरीले पहिले दुई हजार २ सयको हाराहारी जलपन्छी रहेको घोडाघोडी क्षेत्रमा अहिले सङ्ख्या घटेर १ हजार १ सयमा झरेको उनले बताए ।

बच्चा हुर्काउने सुरक्षित स्थान असुरक्षित बन्दै जानु, आहार घट्नु र प्रतिकूल मौसमले जलपन्छीको सङ्ख्या घटाउने मुख्य कारण भएको उनले बताए । घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक दुबै प्रकारका चराहरूको लागि महत्वपूर्ण बासस्थान मानिने बताउदै उनले ३ सय ८१ प्रजातिका चरा पाइने गरेको जानकारी गराए । सुदूरपश्चिम प्रदेश सरकारले २०७८ फागुन २७ गते घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो ‘चरा अभय आरण्य’ घोषणा गरेको थियो ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन