"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारत जाने श्रमिकलाई वैदेशिक रोजगारीको मान्यता नदिनु विभेदपूर्ण भएको सरोकारवालाको भनाई

No data was found

Khabar Raftar

पौष १२ धनगढी । नेपालबाट रोजगारीका लागि सबैभन्दा बढी श्रमिक जाने गन्तव्य भारत भए पनि त्यहाँ काम गर्न जाने नेपाली श्रमिकलाई वैदेशिक रोजगारीको मान्यता नदिइनु विभेदपूर्ण भएको सरोकारवालाहरूले बताएका छन् । शुक्रबार कैलालीको धनगढीमा निड्स नेपालद्वारा आयोजित “युवा श्रम आप्रवासन तथा विकास ः अवसर, योगदान र चुनौती” विषयक प्रादेशिक बहुसरोकारवाला छलफल कार्यक्रममा सहभागीहरूले भारतमुखी श्रम आप्रवासनलाई राज्यले उपेक्षा गरेको आरोप लगाएका हुन ।

कार्यक्रममा निड्स नेपालका सह–कार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले नेपालको वैदेशिक रोजगार ऐनले भारत बाहेकका देशमा काम गर्न जाने श्रमिकलाई मात्र वैदेशिक रोजगारीको दायरामा राखेकाले भारत जाने श्रमिक कानुनी संरक्षणबाट वञ्चित भएको बताए । उनले भारतमा कार्यरत नेपाली श्रमिकले पनि रेमिट्यान्स मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याइरहे पनि उनीहरूका लागि कुनै नीति, कार्यक्रम वा सामाजिक सुरक्षा व्यवस्था नभएको बताए ।

मडैले आप्रवासी कामदार र उनीहरूका परिवारको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९९० अनुसार आफ्नो देश बाहिर रोजगारीका लागि जाने सबै व्यक्तिलाई आप्रवासी श्रमिक मानिए पनि भारत जाने नेपालीको हकमा यो लागू हुन नसकेको बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जीवन बीमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा, दुर्घटना वा मृत्यु भएमा राहत तथा छात्रवृत्ति जस्ता सुविधा उपलब्ध भए पनि भारतमा जाने श्रमिक ती सबै सुविधाबाट वञ्चित भएको उनले बताए ।

कार्यक्रममा होटल व्यवसायी तथा कृषक अमर खड्काले भारतमा काम गर्ने नेपाली श्रमिकको मृत्यु भएमा परिवारले आफैं खर्च व्यहोरेर शव नेपाल ल्याउनु पर्ने अवस्था रहेको बताए । उनले सुरक्षित आप्रवासनका लागि राज्यले ठोस पहल गर्नुपर्ने बताए । अन्य वक्ताहरूले प्रदेश सरकारले सीमावर्ती नाकाबाट भारत जाने श्रमिकको तथ्यांक समेत संकलन गर्न नसकेको गुनासो गरेका छन ।

कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले भारतमुखी श्रम आप्रवासनका विषयमा नीति निर्माणका लागि संघीय कानुन बाधक बनेको बताइन् । उनले सीमामा तथ्यांक संकलन गर्ने कार्यमा प्रदेश सरकार अघि बढिरहेको दाबी गरिन् । ‘सरकारले केही गरेकै छैन भन्ने होइन, तर नीति निर्माणका लागि सबैले दबाब दिनुपर्छ,’ उनले भनिन्, ।

‘युवाहरूले पनि श्रमप्रति स्वामित्व र सम्मानको भावना विकास गर्न आवश्यक छ ।’ कार्यक्रम एफसिएको सहयोगमा आयोजना गरिएको थियो । छलफलमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास समितिका सभापति धर्मराज पाठक र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले उत्तरदायी वक्ताका रूपमा धारणा राखेका थिए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन