"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका लघुवित्त पीडित आन्दोलित

No data was found

Khabar Raftar

कार्तिक १७ धनगढी । कैलालीका लघुवित्त पीडित आन्दोलित भएका छन् । लघुवित्त पीडितहरूको प्रतिवेदन सार्वजनिक नगरी उल्टै लघुवित्त संस्थाहरूले कालोसूचीमा राख्ने, धितो लिलाम गर्ने, सुकुम्वासी बनाउने र धाक धम्की दिने काम गरिएको भन्दै लघुवित्त पीडित आन्दोलित भएका हुन ।

आइतबार लघुवित्त पीतिडहरुले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै अदालतमा लघुवित्त पीडितहरूको मुद्दा विचाराधीन अवस्थामा रहेकाले अहिलेको अवस्थामा लघुवित्तहरूको ज्यादती रोक्नका लागि सहजीकरण गरिदिन माग गरेका छन् ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध सङ्घर्ष समिति सुदूरपश्चिम प्रदेश समितिको तर्फबाट बुझाइएको ज्ञापन पत्रमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई सहजीकरण गरिदिन माग गरिएको छ ।

ज्ञापन पत्रमा सरकारले २०७८ माघ १ गते देखि सुरु भएको आन्दोलनलाई सम्बोधन गर्ने उद्देश्यले २०८० चैत १ र २ गते भएको वार्ताबाट ६ बुँदे सहमति गरे पनि त्यसको कार्यान्वयन नहुँदा लघुवित्त संस्थाहरूले पीडितहरू माथि निरन्तर अन्याय गरेको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा २०८१ असार २६ गते तयार भएको स्थलगत अध्ययन प्रतिवेदन एक महिना भित्र सार्वजनिक गर्ने भनिए पनि अहिले सम्म कार्यान्वयन नभएकाले लघुवित्त संस्थाहरूले कालोसूचीमा सिफारिस गर्ने, धितो लिलामी गर्ने, भत्ता रोक्ने र मानसिक यातना दिने कार्य गरिरहेको उल्लेख छ ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध सङ्घर्ष समितिले बुझाएको ज्ञापन पत्रमा सर्वोच्च अदालतमा २०८२ असार ४ गते नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क र लघुवित्त बैंकर्स संघलाई प्रतिवादी बनाई रिट निवेदन दर्ता गरेको र उक्त मुद्दाको फैसला नहुँदासम्म लघुवित्त संस्थाहरूको कामकाज रोक्न माग गरिएको छ ।

त्यसैगरी लघुवित्त तथा वित्तीय शोषणविरुद्ध सङ्घर्ष समिति नेपाल सुदूरपश्चिम प्रदेश समिति, वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपाल, भूमि अधिकार आन्दोलन नेपाल, श्रमिक फोर्स नेपाल र मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय कैलाली घेराउ गर्दै विरोध प्रदर्शन समेत गरेका थिए ।

उनीहरूले लघुवित्त पीडितको प्रतिवेदन बिना सर्त कार्यान्वयन, अन्यायपूर्ण सामूहिक ऋण मिनाहा, सामूहिक कर्जा प्रणालीको अन्त्य, गरिब किसान मजदुरलाई ब्याज छुटसहित निःशुल्क ऋण, कालोसूची तथा धितो लिलाम फुकुवा, मुआब्जा र क्षतिपूर्ति व्यवस्था, झुटा मुद्दा खारेज, २५ वर्ष भुक्तानी समय, बैङ्क तथा सहकारीहरूको राष्ट्रियकरण लगायतका १८ बुँदे माग राखेका छन ।

समितिले माग पूरा नभए सम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि दिएको छ । २०८० चैत १ र २ गते भएको वार्तामा कानुनी तथा नीतिगत प्रावधान र राष्ट्र बैंकको निर्देशन पालना नगर्ने लघुवित्त वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउने, लघुवित्त वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा ऋणीलाई वित्तीय साक्षरता तथा सचेतना गराउने, ब्याजदर तथा सेवा शुल्क कम गरी समयानुकूल बनाउन अध्ययन गर्ने ।

बचतको ब्याजदर र कर्जाको ब्याजदरको अन्तर कम गर्ने सम्बन्धमा अध्ययन गर्ने, ०७२ सालको विनाशकारी भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ को समस्या एवं लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नुपर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीको साँवा, ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनस्र्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्ग, दीर्घ रोगी) वास्तविक पीडितको कर्जा मिनाहा माग सम्बोधन गर्न स्थलगत अध्ययन गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने  सहमति भएको थियो ।

सहमति अनुसार प्रतिवेदन तयार भए पनि प्रतिवेदन सार्वजनिक नगरिएको र सहमति कार्यान्वयन नगरिएको हुँदा लघुवित्त पीडित पुनः आन्दोलित बनेको उनीहरुले बताएका छन ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन