"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पुख्र्यौली सीपको सदुपयोग गर्दै घरमै उद्योग स्थापना

No data was found

Khabar Raftar

असोज २३ कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ का जगतबहादुर सिंहले पुख्यौली सिपका सदुपयोग गरेर घरमै उद्योग स्थापना गरेका छन ।

घरमै तान बनाएर सुरु गरिएको धागो कात्ने, कपडा बुन्ने र पोशाक तयार गर्ने पुख्र्यौली सीपलाई पुस्तान्तरण गर्दै उनले उद्योग स्थापना गरेका हुन । उद्योगमा उनले अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन गर्ने गरेका छन । उनलाई अहिले कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइ नभ्याइ हुने गरेको छ ।

चाडपर्वका कारण बजारमा माग बढेपछि श्रीमान, श्रीमती सहित परिवारका सदस्य कपडा बुन्न र सिलाउन व्यस्त भएको उनले बताए । सीपको सदुपयोग गरी उद्योग स्थापना गरिएपछि परिवार स्वरोजगार बनेको उनले बताए । दार्चुलामा हुँदा पुर्खाले राडी पाखीको काम गर्ने गरेको बताउदै सिहले पुर्खाबाट सीकेको सीपलाई सदुपयोग गर्न घरमै उद्योग स्थापना गरेको जानकारी गराए ।

तीन लाखको लगानीमा हाते मेसिनबाट सुरु गरेको उद्योगमा अहिले २० लाख लगानी पुगिसकेको बताउदै उनले अहिले चार वटा मोटर मेसिन थप गरेर उद्योगमा थप लगानी गरेको जानकारी गराए । एक जना भारतीय कामदार राखेको बताउदै उनले दुई छोरा, श्रीमती र आफुले पनि उद्योगमै काम गरीरहेको बताए ।

उद्योगबाट परिवारको खर्च चलेको बताउदै उनले सुरुवातका वर्षहरु भन्दा पछिल्ला वर्षमा तयारी कपडाको माग धेरै आउने गरेका ले सहज भएको बताए । पुख्र्यौली पेशा नै कपडा बुन्ने भएको बताउदै सिहले दार्चुलामा राडीपाखी बनाएर बिक्री गर्ने गरेको र २०४४ सालमा तराई बसाइ सरेको बताए ।

त्यसपछि पुख्र्यौली पेशाले निरन्तरता पाउन नसके पनि ३५ वर्षपछि पारिवारिक सल्लाह पछि पुनः आफ्नो कामलाई सुरुवात गरेको उनले बताए । सीप हुँदा हुँदै त्यतिकै बस्ुन भन्दा उद्योग स्थापना गरौं भन्ने पारिवारिक सल्लाह भएको बताउदै सिंहले त्यसपछि उद्योग स्थापना गरेको बताए ।

उद्योग स्थापना पछि हरेक वर्ष राम्रो आम्दानी हुदै गएको बताउदै उनले गत वर्ष मात्रै तीन लाख आम्दानी भएको बताए ।

घरमै उद्योग स्थापना गर्दा कामदारको समस्या भोग्नु परेको बताउदै उनले अहिले पनि उद्योगमा कामदार पाउन मुस्किल भएको बताए । भारतीय कारिगर मात्रै भएको बताउदै उनले देशभित्र मेहनत गर्ने बानी नभएकाले सबैमा विदेश मोह भएको बताए ।

स्वदेशमै कच्चा पदार्थ प्रशोधन गरेर धागो उत्पादन गर्ने गरेको बताउदै उनले केही कच्चा पदार्थ भने भारतबाट आयात गर्ने गरेको बताए । कपडा भन्दा तयारी पोसाकको माग धेरै आउने गरेकाले अहिले तयारी पोसाक उत्पादनमा जोड दिएको सिंहले बताए ।

स्थानीय उत्पादन टिकाउ पनि हुने र स्वास्थ्यका लागि पनि फाइदाजनक भको बताउदै उनले सुरुवातमा बजारमा समस्या भए पनि अहिले माग धेरै आउने गरेको बताए ।

प्राकृतिक फाइबरबाट निर्मित कपडा शरीरका लागि निकै फाइदाजनक मानिने बताउदै उनले यसको निर्माणका लागि अल्लो र गाँजाको धागो मात्रै उत्पादन हुने बताए ।

कटनका लागि भारतबाट धागो आयात गर्नुपर्ने झन्झट भएको बताउदै उनले यस्ता कच्चापदार्थ स्वदेशमै उत्पादन गर्न सके त्यसले घरेलु उद्योग सञ्चालनमा सहज हुने    बताए ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण