"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानल चुनावी मैदानमा

No data was found

Khabar Raftar

असोज २३ धनगढी । कैलाली उद्योग वाणिज्य संघको ५१ औं साधारणसभा तथा निर्वाचनमा दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन । यही असोज २५ गते हुने निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्व महासचिव रुपेश स्वाँर गरी दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका हुन ।

निर्बाचन नजिकिँदै जाँदा व्यवसायीबीच चुनावी सरगर्मी बढ्दै गएको छ । दुई वटा मुख्य समूह र केही स्वतन्त्र उम्मेदवार बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । सुदूरपश्चिमकै पुरानो र प्रभावशाली व्यवसायिक संस्था मानिने कैलाली उद्योग वाणिज्य संघमा यसपटक अध्यक्ष देखि सदस्य सम्मका सबै पदका लागि उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ ।

अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहा सचिव रुपेश स्वाँरले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन् । त्यसैगरी पदाधिकारी तथा सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता पछि दुवै समूहका उम्मेदवारहरूले मतदाताको घरदैलो गर्नै गरेका छन । बिहान देखि बेलुका सम्म उम्मेदवार र उनका समर्थकहरू उद्योगी–व्यवसायी भेटघाटमा व्यस्त छन् भने चुनावी सभाहरू, मतदाता भेट कार्यक्रम र सामाजिक सञ्जाल मार्फत प्रचार–प्रसार पनि तीव्र भइरहेको छ ।

अध्यक्ष पदका उम्मेदवार पुष्करराज ओझाले आफ्नो टिममा सबै क्षेत्रका सक्रिय व्यवसायीलाई समावेश गरिएको बताउँदै आगामी कार्यकालमा व्यवसाय प्रवद्र्धनका ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन ।

त्यसैगरी अर्का उम्मेदवार रुपेश स्वाँरले आफू व्यवसायीहरूको सुझाव र मागका आधारमा उम्मेदवार बनेको बताएका छन । एक पटक अध्यक्ष पदमा पराजित भइसकेका स्वाँरले यसपटक न्याय हुने र विजयी हुने विश्वास व्यक्त गरेका छन । संघका २ हजार २ सय ७४ जना सदस्य यसपटक मतदानमा सहभागी हुने भएका छन् ।

संघमा आवद्ध व्यवसायीहरूको ठूलो संख्याका कारण निर्वाचनले स्थानीय व्यापारिहरुमा आमनिर्वाचनकै जस्तो माहोल बनाएको छ । धनगढीका होटल,पसल देखि व्यापारिक प्रतिष्ठान सम्म अहिले संघको चुनावकै चर्चा हुने गरेको छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण