असोज ०९ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–५ जाईमा बिहिबार फुटवयर पसल सञ्चालनमा आएको छ ।
स्थानीय हिमाल बिक र ईन्द्र बिकको संयुक्त लगानीमा पसल सञ्चालना आएको हो ।
पछिल्लो समय बैदेशिक रोजगारमा युवाहरुको बढ्दो आकर्षण रहेका बेला उनीहरुको व्यवसाय प्रतिको मोहले नेपाल मै केही गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।
आफूले बिदेशमा भन्दा स्वदेशमै केही गरौ भन्ने उदेश्यले व्यवसाय सुरु गरेको युवा व्यवसायी हिमाल बिकले बताए ।
युवाहरु बिदेश जाने र उता सोचे अनुसारको काम नपाउने समस्या दिन प्रतिदिन बढिरहेको देख्दा आफूहरुले नेपालमा केही गर्नुपर्छ भन्ने सोचेर व्यवसाय सञ्चालन गरेको उनले बताए ।
सानै व्यवसाय भएपनि आफ्नै देशमा राम्रो हुने बताउँदै हिमालले अहिले १० लाख लगानी गरेर सञ्चालनमा ल्याएको ब्याबसायमा बिस्तारै लगानी थप्ने बताए ।
अन्य युवाहरुलाई समेत नेपालमै केही गर्न आग्रह गर्दै उनले स्वदेशमा पनि गर्न सके सफलता प्राप्त गर्न सकिन बताए ।


