असोज ०७ अछाम अछामको मेल्लेख गाउँपालिका वडा नम्बर–१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
सोमवार राती वडा कार्यालय तोडफोड गरेर क्षति पु¥याएका स्थानीय ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
अध्यक्ष दिलबहादुर धामीले सोमबार राती युवाहरूको समूहले वडा कार्यालय तोडफोड गरेको जानकारी गराए । प्रहरीले पक्राउ गरेका व्यक्तिहरू २० देखि २४ वर्ष उमेरका रहेको भए पनि विवरण भने खुलाइएको छैन ।
पक्राउ गरिएका ब्याक्तिहरु र घटनाको विस्तृत विवरण आउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए ।
चार वटा दराज, तीनवटा ल्यापटप, डेस्कटप, प्रिन्टर र फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेटको राउटर, कुर्सी तोडफोड तथा सम्पूर्ण कागजातहरु च्यातेर नष्ट पारिएको वडा अध्यक्ष धामीले बताएका छन ।


