माघ ०२ बैतडी । बैतडीमा भिरबाट लडेर गम्भीर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । मेलौली नगरपालिका वडा नम्बर– ८ कोटिगाँउ जमाडीकी २९ वर्षीय स्वास्थ्य स्वयंसेविका सिता विष्टको मृत्यु भएको हो ।
पुस २९ गते घर नजिकै जगंलमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी उनको मंगलबार मृत्यु भएको वडाध्यक्ष तपेन्द्र सिंह विष्टले जानकारी गराएका हुन ।
उनको धनगढीमा पनि उपचार सम्भव नभए पछि घर लग्दै गरेको अवस्थामा मंगलबार राती बाटोमै मृत्यु भएको उनले जानकारी गराए । विष्ट २०६९ साल देखि स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्यरत रहेकी थिइन ।
मृतक विष्टका श्रीमान् रोजगारीको लागि भारत गएका भए पनि विगत दुई तीन वर्ष देखि सम्पर्क विहीन रहेको र उनका दुई छोराछोरी रहेको अध्यक्ष विष्टले बताए ।
Post Views: 10