माघ ०२ धनगढी । कैलालीको गोदावरीबाट अवैध रूपमा भारतबाट भित्र्याइएको भन्सार छलीको सामान बरामद गरिएको छ ।
बुधवार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नम्बर– ४ गोदावरीबाट भन्सार छलीको सामान बरामद गरेको हो ।
बेवारिसे अवस्थामा फेला परेको उक्त सामान अन्तरगत सुट, साडी र विभिन्न किसिमका श्रीगारका सामान रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उक्त सामान १ लाख २२ हजार १ सय ७० रुपैयाँ बराबरको रहेको डिएसपी थापाले बताए । उनले बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कैलाली पठाइएको बताए ।
Post Views: 3