नेपालको ईतिहासमा दलित समुदायले महत्वपूर्ण भूमीका निर्बाह गरेका छन । पेशा ब्याबसाय देखि परिबर्तनका आन्दोलनहरुमा दलित समुदायले महत्वपूर्ण भूमीका निर्बाह गर्दै आएका हुन । अहिले पनि भूमीका निभाउदै आएका छन ।
प्रविधिको विकास नभएको अबश्थामा दलित समुदायले हातेसिप प्रयोग गरेर मानव सेवा गरेको कसैले विसैनु हु“दैन । त्यही मानव सेवा गरेकै कारण अछूत बनाइएका दलित समुदायको पीडा राज्यले बुझन जरुरी छ ।
खुट्टामा लाउने जुत्ता देखि, शिरमा लगाउने टोपी सम्म र कुटो कोदाली देखि हतियार सम्म बनाएर ईतिहास कायम राखेका दलित समुदायलाई राज्यको मूल्धारमा ल्याउन राज्यले कुनै कन्जुस्याई गर्नु हुदैन । अहिले आधुनिक प्रविधिसंगै दलित समुदायले अपनाउदै आएका पेशा ब्याबसाय संकटमा परेको अबश्थामा राज्यले त्यसको संरक्षण र सम्र्बदन गर्न जरुरी छ ।
जुन पेशा गरेबाफत दलित अछूत बनाईएका दलित समुदायलाई सम्मानजनक तरिकाले बाच्न पाउने अधिकार प्रत्यायोजन गर्न जरुरी छ । दलित समुदायका पेशाहरु अपनायर स्वदेशमै उद्यमी बनेका थुप्रै उदाहरणहरु छन । आरन,चोया चाङग्रो, ठेकी बनाउने, घर बनाउने,मादल बनाउने,लुगाकपडा सिलाउने,जुत्ता सिलाउने जस्ता पेशा ब्याबसायलाई राज्यले संरक्षण र सम्बर्दन गर्न जरुरी छ ।
दलित समुदायलाई पेशा गरेर बाच्न पाउने आधार निर्माण गर्न जरुरी छ । पेशाको सम्बर्दन गर्न अनुदान दिनुका साथै तालीमको ब्याबश्था गर्न जरुरी छ । पेशा ब्याबसायका लागी चाईने कच्चपदार्थ सहज रुपमा पाउने ब्याबश्था गर्नुकासाथै उनीहरुले उत्पादन गरेका सामाग्रीहरुको बजारी करणको ब्याबश्था समेत राज्यले गर्न जरुरी छ ।
हराउदै गएका डोको, सुप्पा,कुरु जस्ता बासका बस्तुहरुको उपयोग बढाउन जरुरी छ । त्यसैगरी हसीया, कुटो,कोदालो र खुकुरी तलबार जस्ता बस्तुको बजारको ब्याबश्था गर्न जरुरी छ ।
नया“पुस्तालाई समेत पेशा ब्याबसायमा टिकाउने गरी योजना बनाएर अगाडी बढ्न जरुरी छ । दलित समुदायले सिकेका सिप कलाको समेत सम्मान गर्न जरुरी छ । दलित समुदायका पेशा र ब्याबसायको संक्षण प्रबर्दन गरी उनीहरुलाई आत्म निर्भर बनाउन जरुरी छ ।