"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दैलेखको नाराण नगरपालीकामा असिनापानीले धानबाली सखाप

No data was found

Khabar Raftar

कार्तिक ३० दैलेख । दैलेखको नारायण नगरपालिकामा असिना पानीले पाक्नै लागेको धानबाली सखाप पारेको छ । कात्तिक तेस्रो साता आएको असिना पानीले पाक्नै लागेको धानबाली सखाप पारेको हो । वडा नम्बरनारायण नगरपालिका वडा नम्बर–४ की मनसरा कठायतले असिनापानीले धानबाली सखाप पारेको बताईन । धानबाली सखाप भए पछि वर्षभरिको गुजारा कसरी गर्ने भनेर चिन्ता लागेको उनले बताईन । यस वर्ष खेतमा दैलेखको चर्चित तथा रैथानी धान गुडे धान रोपेको बताउदै उनले अघिल्ला वर्षहरूमा अन्य जातका धान रोप्ने गरेको बताईन ।

नगरपालिकाको प्रोत्साहनमा उनले यस वर्ष गुडे धान रोपेको बताईन । उत्पादन राम्रै होला भन्ने सोचले स्थानीय रैथाने जातको धान रोपेको बताउदै उनले पाक्नै लागेका बेला असिनापानीले सखाप बनाएको बताईन । वर्षभरिलाई खाद्यान्नको जोहो कसरी गर्ने ? के खाने ? भन्ने चिन्ताले सताउन थालेको उनले बताईन । कठायत जस्तै नारायण नगरपालिका वडा नम्बर–१० का नरबहादुर सार्कीले पनि पाक्नै लागेको धानबाली असिनापानी नष्ट गरेको बताए ।

एक हेक्टर जमिनमा धान खेती गरेको बताउदै उनले स्थानीय रैथाने गुडे जातको धान रोपेको बताए । गुडे धान गाउँठाउँका लागि धेरै पुरानो धान भएको बताउदै उनले यसको स्वाद पनि मिठो हुने बताए । विकसित जातको धानहरू लगाउन छोडेर यस वर्ष गुडे धान रोपेको बताउदै उनले असिनापानीले खसाप बनाएको बताए । खेतमा परालबाहेक केही नभएको बताउदै उनले नारायण नगरपालिकाका १ सय ८१ किसानले लगाएको धानबाली पूर्ण रूपमा नष्ट भएको बताए ।

नारायण नगरपालीकाको वडा नम्बर ४, ५ र १० का किसानले ४४ हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रूपमा नष्ट भएको नगरप्रमुख लोमन शर्माले बताए । नगरप्रमुख शर्माले कुल ८२ लाख २१ हजार रुपैयाँ बराबरको धानबाली असिनापानीले नष्ट गरेको बताए । धानबाली सहित किसानले लगाएको तरकारी र सुन्तलामा पनि क्षति पुगेको नगर प्रमुख शमाले बताए ।

त्यसैगरी किसानले लगाएको धानबाली पूर्ण रूपमा नष्ट भएपछि नारायण नगरपालिकाले क्षतिपूर्तिका लागि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसमक्ष अनुरोधपत्र बुझाएको छ । नगरपालिकाले कात्तिक १९ गते परेको असिनाका कारण किसानको खेतबारीमा ठूलो क्षति पु¥याएकाले संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारमार्फत आवश्यक राहत उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग माग गरेको हो ।

‘असिनाका कारण ८२ लाख २१ हजार रुपैयाँ बराबरको धान, तरकारी र सुन्तला बालीको क्षति हुन गई उक्त क्षेत्रमा ठूलो भोकमरीको अवस्था सिर्जना हुने भएकाले प्रदेश सरकार मार्फत संघीय सरकारसँगको समन्वयमा आवश्यक राहत उपलब्ध गराइदिनु हुन र कृषि तथा प्रकोप व्यवस्थापन क्षेत्रमा काम गर्ने दातृ निकायहरूलाई उक्त क्षेत्रमा राहतका कार्यक्रम सञ्चालनका लागि आवश्यक निर्देशन गरिदिन अनुरोध पत्रमा उल्लेख गरिएको छ ।

असिना पानीले क्षति पु¥याएको क्षेत्रका किसानको खेतमा पुगेर प्रदेश सरकारका मन्त्रीहरूले अनुगमन समेत गरेका छन् । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री विनोद कुमार शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले किसानको खेतमा पुगेर अनुगमन गरेका हुन् । त्यसैगरी किसानले रोपेको धानबाली नष्ट भए पछि राहत उपलब्ध गराउन नगरपालिकाका जनप्रतिनिधिहरूले प्रदेश र संघीय सरकारसँग गुहार मागेका छन् ।

नगरपालिकाले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई किसानलाई राहत उपलब्ध गराइदिन अनुरोध गरेका छन् । नगरका मेयर लोमनले संघीय सरकारबाट किसानलाई राहत दिलाउन पहल गरिरहेको बताएका छन । किसानलाई ठूलो मर्का परेको छ, किसानलाई राहत उपलब्ध गराउन प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छौं, क्षतिको विवरण सबै संकलन गरी फाइल बोकेर काठमाडौं आएको छु,’ नगरप्रमुख शर्माले भने ।

किसानहरूले पछिल्लो समयमा विकसित जातको धानबाली लगाउने गरेका थिए । यस वर्ष नगरपालिकाले स्थानीय रैथाने जातका धान बालीको खेती लगाउन प्रोत्साहन गरेर किसानले गुडे जातको धान रोपेको नगरप्रमुख शर्माले बताए । नगरपालिकाले प्रोत्साहन गरेर किसानले रैथाने गुडे धान रोपेको बताउदै नगरप्रमुख शर्माले अन्य जातको धान रोपेका किसानले धानबाली भित्र्याइसकेको बताए । उनले गुडे धान ढिलो पाक्ने भएकाले क्षती भएको बताए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन