भरत दास,भदौ १२ धनगढी । व्यास आचार्य कृष्ण बहादुर दमाईलाई बुधबार धनगढीमा एक कार्यक्रम बीच स्वागत तथा सम्मान गरिएको छ । राष्ट्रिय दलित मुक्ति अभियान कैलालीले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा व्यास आचार्य कृष्णबहादुर दमाइलाई सम्मान गरिएको हो । साथै हेम थापा फाउन्डेसनद्वारा व्यास आचार्य कृष्णबहादुर दमाइलाई ५० हजार नगद सहयोग समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले दलित समुदायलाइ जान रोक लगाएको ठाउँमा व्यास आचार्य कृष्ण बहादुर दमाई पुग्नु र सम्मानीत हुनुले सम्पूर्ण दलितहरूको सपना पूरा भएको बताए ।
प्रमुख अतिथि सार्कीले दलित समुदायले हरेक क्षेत्रमा अब्बल हुनुपर्ने बताउदै राजनीतिक रुपमा,सामाजिक क्षेत्रमा,शैक्षिक क्षेत्रमा र धार्मीक क्षेत्रमा दलित समुदायले अब्बल हुनु पर्ने बताए । उनले रूढीवादी परम्परा अनुसार दलित समुदायहरु मठमन्दिर भित्र प्रवेश गर्नु हुदैन,प्रवेश गरेको खण्डमा विभिन्न किसिमका रोगव्याध लाग्ने पुरातनबादी सोचलाई चिर्दै दमाईले पु¥याएको योगदानले सबैका आखा खोलेको बताए ।
मठमन्दिरमा प्रवेशमा रोक, शिक्षामा ग्रहणमा रोक लगाएको अबश्थामा आचार्य दमाईले संस्कृत पढेर परिवर्तन ल्याएको बताउदै उनले पढे त हुँदो रहेछ भन्ने उदाहरणीय पात्र व्यास आचार्य कृष्ण बहादुर दमाई भएको बताए । कसैको विरोध गर्नुभन्दा पनि आफूले शिक्षित हुनु पर्छ भन्दै प्रमुख अथिती सार्कीले त्यो बेलाको अवस्था र अहिलेको अबश्थामा धेरै परिवर्तन भएको बताउदै मन्त्री सार्कीले आफू कानुन मन्त्री भएकाले के कति काम गर्न सकिन्छ निष्ठासँग गर्ने बताए ।
त्यसैगरी व्यास आचार्य कृष्णबहादुर दमाइले कृष्ण बहादुर दमाइले मात्र परिवर्तन गर्न नसकिने बताउदै हजारौं कृष्ण बहादुर दमाई जन्मिनु पर्ने बताए । आफूले आमूल परिवर्तनको बिगुल मात्र फुकेको र यसमा सम्पूर्ण दलित समुदायले सहयोग गर्नुपर्ने बताउदै व्यास आचार्य कृष्णबहादुर दमाइले शिक्षामा धेरै शक्ति भएको बताए । काठमाडौँमा लागेको कोटीहोममा जानलाई भाडा समेत नभएको बताउदै उनले एकजना साथीले भाडा हालिदिए पछि कोटीहोममा प्रवचन दिने अवसर पाएको बताए ।
पशुपतिनाथमा चलेको कोटीहोममा आफूलाई प्रवचन दिने अबसर प्राव्त गर्नुमा सम्पूर्ण ६० लाख दलित समुदायको योगदान रहेको बताउदै उनले विभिन्न मिडियाबाट अन्तर्वार्ता लिए पछि बल्ल दलित समुदायबाट पनि आचार्य गरेका रहेछन् भन्ने जानकारी भएको बताए । त्यसपछि कोटी होममा प्रवचन दिन लगाइएको जानकारी गराउदै उनले यसलाई पनि ठूलो परिवर्तनका रुपमा लिनु पर्ने बताए । दलितलार्ई जान रोक लगाएको ठाउँमा आफूले प्रवचन दिनुमा सम्पूर्ण मिडियाकर्मी र ६० लाख दलित समुदायको हात रहेको उनले बताए ।
विश्वमा व्यास आश्चर्य कृष्ण बहादुर दमाई भनेर चिनाइ दिने सम्पूर्णलाई व्यास आचार्य कृष्णबहादुर दमाइले धन्यवाद ज्ञापन गरे । त्यसैगरी नेपाल पञ्चाङ्ग समितिका केन्द्रिय सदस्य पण्डित. गणेश प्रसाद पन्तले महिला र पुरुष दुईटा मात्रै जात भएको बताउदै राम ,सीता,राजा महारा र पाण्डवहरूको कुनै जात नभएको बताए । जातभातको विषयमा धेरै विवाद गर्न आवश्यक नभएको बताउदै उनले कोही आचार्य वेद पुराण पढ्न चाहन्छ भने आफू निःशुल्क पढाउने बताए ।
दलित समुदायलाई गुरुकुलमा पढ्नबाट वञ्चित गराएको विभिन्न समाचार माध्यमबाट सुन्दै आएको बताउदै पन्तले त्यो कुरो गलत भएको बताए । कोही पढ्न चाहन्छ भने शिक्षाले कसैलाई भेदभाव नगरेको बताउदै उनले पूर्वकालमा दलित समुदायले पढ्नै हुँदैन भन्ने रूढीवादीलाई हटाउनु पर्ने र पढ्न चाहनेलाई आफूहरूले निःशुल्क पढाउने बताए ।
राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बिसीले व्यास आचार्य कृष्ण दमाइलाई ६० लाख दलित समुदायको तर्फबाट आफ्नो निम्तो स्वीकार गरेर आइ दिएकोमा धन्यवाद दिए । सिङ्गो समाजलाई परिवर्तन गर्नुपर्छ भने शिक्षित हुनुपर्ने बताउदै उनले एउटा दलित त्यसभित्र पनि गरिब समुदायबाट आचार्य गरेर काठमाडौँको पशुपतिनाथमा आफ्नो प्रवचन दिएर जनतालाई मोहीत बनाएकोमा खुसी भएको बताए ।