भदौ १२ धनगढी । कैलालीको गोदावरी नगरपालिकामा बिगत ५ बर्षदेखि बिपत् जोखिन न्यूनिकरण तथा ब्यावस्थापनको काम गर्दै आएको USAID – तयार नेपाललाइ विदाई गरिएको छ । कार्यअबधी सकिए पछि उक्त संस्थाको विदाई गरिएको हो । पालिका र साझेदारी संस्था ग्क्ब्क्ष्म् तयार नेपालद्वारा पालिका भित्र ठाउँठाउँमा तटबन्धन तथा अन्य आय आर्जनका क्रियाकलाप गरिएको बताइएको छ ।
USAID – तयार नेपालद्वारा गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको गोदावरी धाम्मा करिब ५० लाखको तटबन्धन कार्य, गोदावरी नगरपालिका वडा नम्बर १२ को आदर्श बस्तीमा ८७ लाख बढीको टुडैला खोला तटबन्धन कार्य, गोदावरी नगरपालिका वडा नम्बर १० को जनप्रभात टोलको चाक्ले खोलामा ९७ लाख बढीको टतबन्धन, गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीको खुटिया खोला तटबन्धनका लागि अढाई करोड बढीको लागतमा तटबन्धन कार्य सम्पन्न गरिएको छ । USAID – तयार नेपालद्वारा पालिका भित्र ठाउँठाउँमा संस्थागत क्षमता विकास तालिमको आयोजना समेत गरिएको जानकारी गराईएको छ ।
विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन स्थानियकरण तालिम,फायर फाईटरहरुलाई आगलागी व्यावस्थापन सम्बन्धी तालिम,विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापनमा लैङ्गिक विभेदमा आधारित तालिम, स्फियर मापदण्ड सम्बन्धि तालिम संचालन, भि.एच.एफ प्रयोग सम्बन्धि अभिमूखीकरण, प्रारम्भिक द्रुत लेखाजोखा तालिमा लगायतका क्रियकलाप गरेको बताईएको छ ।
त्यसैरी बाताबरं संरक्षण , जलवायु परिवर्तन अनुकुल कार्यक्रम संचालन गरेको बताइएको छ । ठोस फोहोर ब्यावस्थापन, बगर खेती,नमूना कृषि वन प्रबर्धन कार्यक्रम,अति संकटासन्न तथा विपन्न वर्गका लागि आर्थिक उत्थानशिलता अभिबृद्धी कार्यक्रम, सहभागितामूलक दीगो बजार प्रणाली प्रबर्द्धन, सिमान्तकृत समुदायको लागि एकीकृत माछापालन,जलबायुमैत्री कृषि प्रबिधि प्रबर्द्धन, लगयत अन्य क्रियाकलापमा प्रतक्ष सहभागिता जनाएको बताइएको छ ।
त्यसैगरी ग्क्ब्क्ष्म् को तयार नेपाल साझेदारी संस्थाले पालिका भित्रका बिभिन्न ठाउँमा व्यावसाय विपद् जोखिम न्यूनिकरणमा प्रतक्ष्य सहभागिता जनाएको छ । व्यावसाय निरन्तरता योजना, निजी क्षेत्र नविनतम कार्यक्रम, निजी क्षेत्र नवप्रवर्तन क्षमता विकास कार्यशाला गोष्ठी गरिएको बताइृउको छ । त्यसैगरी दलित, बिपन्न, जनजाती आयस्रोत कम भएका ६० परिवारलाई माछा पालन पोखरीमा जिम्मेवारि दिने गरी काम अगाढी बढाएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।
पालिका भित्र संस्थाले जनताको जिविकोपार्जनका लागि गर्दै गरेका क्रियाकलापहरुलाई शिरोधार्य गरी काममा निरन्तरता दिदै जाने बताउदै नगर प्रमुख भट्टले तयार नेपाल संस्थाले ५ बर्षको अबधीका के के काम गर्यो र कसरी “विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापनमा गोदावरी नगरपालिका” नामक पुस्तकमा समाबेश गरिएको बताए । केही दिन अघि मात्र गोदावरी नगरपालिका वडा नम्बर १० मा तयार नेपालले ६५ मिटर लामो र ४६ मिटर चौडा हुने गरी २ ओटा पानी पोखरी खाल्डोको लागि काम सम्पन्न गरी स्थानियलाई हस्तान्तरण गरेको उनले बताए ।
पोखरीको चारै तिरको भागमा काडेतार, बृक्षारोपणसँगै एकीकृत माछा पालन कार्यक्रम,तरकारी खेती, घाँस खेती, हास पालन लगायतका लागि काम अगाढी बढाईसकेको उनले जानकारी गराए । त्यसैगरी गोदावरी नगरपालिकाको खुटिया नदीको तल्लो तटिय क्षेत्रमा बर्सातको समयमा बाढी आई गाउँ बस्ती उठिबास हुनबाट बचाउनका लागि एडिबि (जनता तटबन्ध कार्यक्रम) र गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा गोदावरी नगरपालिकाको सेहरीमा तटबन्धको काम सम्पन्न भएको उनले बताए ।
नगर प्रमुख बिरेन्द्र भट्टले नगरपालिकाले पछिल्लो समयमा तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताउदै गुणस्तिरिय र जनताका लागि केन्द्रित भएर काम सम्पन्न गरेकोमा ढुक्क भएको बताए । खुटिया नदीको शेहरीमा वारी पट्टी गोदवारी नगरपालिका वडा नम्बर ९ र पारी पट्टी धनगढी उपमहानगरपालीका वडा नम्बर–१७ मा खुटिया नदीले वर्षेनि सडक र खेतीयोग्य जमिन कटान गर्दै आएपछि गोदावरी नगरपालिकाले ग्याविन जाली सहितको पक्कीखाले तटबन्धन गरिएकोले यस बर्ष कुनै क्षती नभएको नगर प्रमुख भट्टले जानकारी गराए ।
चुरे क्षेत्रबाट निस्किने नदी तथा खोलामा वर्षेनी आउने बाढीले लेदो माटो, ढुङ्गा र बालुवा बगाएर ल्याएसँगै नदी तथा खोलाको सतह बढ्दा बाढी र डुबानको समस्या पनि बढ्दै गएको प्राविधिकले बताएका छन । उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली, खुटिया, गोरीगङ्गा, कान्द्रा काँडा, शिवगङ्गा, घुराहा नदीले बढी कटान गर्ने गरेको बताइएको छ ।