"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मोटर बाटो पुगेपछि कालीकोटका ‘सी गाँउँवासी खुसी

No data was found

Khabar Raftar

बसन्त विक, असार २१ कालिकोट । कालीकोटको ‘सी गाँउ’ माल्कोटमा मोटर बाटो पुगे पछि सी गाँउँवासी खुसी खुसी भएका छन । यति छिट्टै गाँउमै मोटर बाटो पुग्छ भन्ने विश्वास पनि नभएका सि गाउँवासी जनता मोटर बाटो पुगे पछि खुसी भएका हुन । ैनेपाल कम्युनिष्ट पार्टीले मोटर बाटो खनेर गाँउमै पुर्याउछ भन्दा विश्वास नगरेका ‘सी गाँउ’वासी जनता अहिले मोटर बाटो पुगे पछि विश्वस्त भएका छन ।

पैसा भएको राज्यले बाटो काट्न नसकेको अबश्थामा पैसा पनि नभएको पार्टीले मोटर बाटो काटेर गाउँमा पु¥याए पछि ‘सी गाँउ’वासी जनता विश्वश्थ हुदै खुसी भएका हुन । नेकपाले २०७४ सालको फागुन १ गतेबाट खुलालु देखि डोजर लगाएर मोटर बाटो काट्न सुरु गरे पछि ‘सी गाँउ’ वासी जनता आश्चर्य चकित भ्एका थिए । पार्टीले बाटो काट्ने काम सुरु गरे पछि कैयौ बाधा व्यवथान आए पनि रातदिन भोक प्यास नभनि र राम्रोसंग आराम नगरी जनताको साथमा बाटो काट्नेकाम जारी रहयो ।

यसले जनतामा सकरात्मक प्रभाव फैलिरेहेको थियो । १ बर्ष पछि २०७५ साल फागुन २८ गतेबाट केपी ओली सरकारले नेकपामाथि प्रतिवन्ध लगायो । खुल्ला राजनीतिमाथि हमला गर्यो । प्रतिबन्ध २०७७ साल फागनुन २१ गते मात्र फिर्ता लियो । जेनतेन करिब २ बर्षजति बाटो काट्ने काम पनि बन्द हुन पुग्यो । यसको पछाडिको एउटै कारण थियो तत्कालिन राजनीतिक पार्टी र सरकारको असहयोग ।

नेकपाको मोटर बाटो बनाउने योजना केही समय रोकिए पनि पुनः आर्थिक बर्ष ०७८ ÷०७९ देखि फेरी सुरु भयो । खुलालुदेखि ‘सी गाँउ’सम्मको करिब १२ किलोमिटर बाटो काट्नु पर्ने थियो । नेकपाले खुलालुदेखि चिउरारुख सम्मको झण्डै ८ किलोमिटरबाटो पहिलो लटमा पुरा गर्यो ।

चट्टानी भागलाई निकै मिहिनेत गरेर बाटो काट्नु पथ्र्यो । भिरपाखा र चट्टान देख्दा मोटर बाटो आउछ भन्ने आसा ‘सी गाँउ’वासीलाई थिएन । २०८० को पुस महिना यता चिउरारुख देखि सल्लारुख ‘सी गाँउ’ सम्मको सडक खण्डको सडक बनाउने काम सुरु भयो । २०८१ असारको दोस्रो साता पुरा भयो ।

यो गाउँ नेकपाका प्रवक्ता प्रकाण्ड सीको गाउँ पनि हो । यहाँका राजनीतिक पार्टी तथा सरकारी निकायहरुले विद्रोही नेताको गाँउका रुपमा चिन्ने गर्छन । जसले गर्दा राज्यका हरेक सुविधाबाट बञ्चित गरिन्छ । उनीहरुले बाटो पनि नपुगोहोस भन्ने चाहेका थिए । उनीहरुले जसरी पनि जनताबाट प्रकाण्डलाई कटाउन यो बाटोमा असहयोग गर्ने योजना बनाएका थिए । जतिसुकै षड्यन्त्रहरु भएता पनि नेकपाले जनताको श्रमदान र पार्टीको एक अर्ब लगानीमा मोटरबाटो गाँउमै पुगाएको छ । अहिले ‘सी गाँउ’वासी जनता हर्षित भएका छन ।

यसले ‘सी गाँउ’वासीको करिब ४ घण्टाको पैदल बाटो हिडेर गाडीसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । जसले गर्दा अहिले ‘सी गाँउ’वासी खुसी भएका हुन । माल्कोट ‘सी गाँउ’वासी ६६ बर्षिय दिल बहादुर विकले नेकपाले जनतालाई सुविधा हुने गरेर बाटो बनाएको भन्दै खुसी व्यक्त गरे । उनले भने ‘यो निकै राम्रो काम हो । सरकारले पनि बनाउन नसकेको बाटो पार्टीले बनायो ।

हामी पार्टीलाई धन्यवाद दिन्छौ । हामी अब घरको आगनबाटै गाडी चढने भयौ । हामीलाई ४ घण्टा हिड्ने बाध्यता अन्त्य हुने भयो ।’ उनले पार्टीका प्रवक्ता प्रकाण्ड सीलाई पनि बाटो बनाउने पहल गरेकोमा विशेष धन्यवाद दिए । ‘सी गाँउ’वासीहरुले बाटो काट्दै माल्कोट पुगेको डोजर तथा चालकलाई पनि खुसी हुदै गतसाता स्वागत गरे । उनीहरुले नेकपाका नेता कार्यकर्ताहरुलाई पनि भव्य स्वागत गरे । यो स्वागत मनैदेखि खुसी हुदै गरिएको स्वागत हो ।

अहिलेसम्म गाउँमा मोटर बाटो पुगेको थिएन । बाटो काट्ने राज्यको योजना पनि थिएन । तर पार्टीले जनताको घर आँगनमा बाटो पुर्याएपछि माल्कोेट सी गाँउका गोरख बहादुर वटालाको पनि खुसीको सीमा नाघेको छ । ६५ बर्षिय बटालाले गाँउमै बाटो पुगेकोप्रति खुसी व्यक्त गरे । उनले भने ‘यो नमुना काम हो । पार्टीले यति ठुलो काम गर्यो धन्यवाद   छ । अव हामी गाडी चढन पाउने भयौ ।

प्रकाण्ड मन्त्री भएर गाउँमा बाटो पुगेन भनेर गिज्जाउनेहरु थिए । यो बाटो गाँउमा पुगेपछि ती गिज्जाउनेहरुका शिर निहुरीएका छन । हामीले राम्रो कामलाई राम्रो भन्नु   पर्छ । उनले नेकपालाई लड्ने र विद्रोह गर्ने पार्टी मात्र हो भनेर बुझ्नेहरुका लागि ठुलो जवाफ भएको बताए । ‘सी गाँउ’का जनताले जनयुद्धको बेलादेखि पार्टीलाई मरिमेटी साथ दिएका छन । ‘यो बाटो काट्ने अभियानमा पनि साथ दिएका छौ । पार्टीको नेतृत्वमा हामीले बाटो बनाएका हौ’उनले भने । उनले पार्टीले चाहेमा असम्भव केही पनि नहुने बताए ।

बाटो काट्ने अभियानमा लागेका अखडा सीले जनताको साथ र सहयोगमा बाटो काट्न सफल भएको बताए । उनले जनताको शक्तिबाट जस्तो सुकै राजनीतिक तथा विकास निर्माणको परिवर्तन हुेन बताए । अहिले सी गाँउवासी जनताले बाटोलाई व्यवस्थित बनाउन जोड दिएका छन ।

उनीहरुले चाडै यो बाटो कालोपत्रे भएको देख्ने इच्छा व्यक्त गरेका छन । उनीहरुले बाटो पुग्नु नै अहिलेको लागि ठुलो उपलब्धी भएको बताए । सी गाँउवासीहरुले पार्टीको जोडबलमा चाडै स्तरउन्नत्ति हुने विश्वास पनि व्यक्त गरेका छन ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन