"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बझाङको खुडडिउन सिचाई कुलो निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग

Khabar Raftar

प्रदिप मलासी,जेठ १४ बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर २ मा रहको खुडडिउन सिंचाई कुलो निर्माण कार्यमा ठेकेदार कम्पनीले गुणस्तरहिन सामाग्री प्रयोग गरेको पाईएको छ । २०८० साल फाल्गुन १७ गते सम्झौता भई २०८१ फाल्गुन १६ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ मा रहेको निरज केशर जेभी निर्माण कम्पनीले खुडडिउन सिंचाई कुलो निर्माण कार्यमा गिट्टी बालुवा, सिमेन्ट र सरिया जस्ता कमसल सामाग्रीको प्रयोग गरेको पाईएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भ्याट सहित २ करोड १५ लाखमा सिचाई कुलो निर्माण कार्यका लागी सम्झौता गरेको लोक बहादुर ठकुराठीको नाममा दर्ता रहेको निरज निर्माण सेवा र नरेद्र जोराको नाममा दर्ता रहेको केशर कन्ट्रक्सनले जोईन्ट भेन्चरमा प्राप्त गरेको ठेक्काको स्थानीय सरकारले निर्माण स्थलमा गएर स्थलगत अनुगमन गरेपछि कम्सल सामाग्रीको प्रयोग गरिएको पाईएको हो । जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमन गर्दा कमसल सामाग्री प्रयोग गरेको पाईएको हो ।

सम्झौता बिपरित कमसल सामाग्री प्रयोग गरेको पाईए पछि निर्माण सामाग्रीको केन्द्रिय प्रयोगशालावाट परिक्षण प्रमाणित गरे पछि मात्र निमार्ण कार्य सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको नगर प्रमुख चेत राज बजालले जानकारी गराए । ३३ सय मिटर भित्र निर्माण गर्नु पर्ने सिचाई कुलोको करिब १ सय मिटरमा ठेकेदारले ओ पि सि सिमेन्टको ठाउमा पि पि सि सिमेन्ट बिना साइजको गिट्टी ठेक्का सम्झौतामा राखिएको भन्दा फरक कम्पनीको सिमेन्ट सरियाको प्रयोग प्राबिधिकले दिएको स्टिमेट बिपरित साईजको सिचाई कुलो निर्माण गर्दै आएको पाईए पछि सम्झौता अनुसार काम गर्न निर्देशन दिएको नगर प्रमुख बजालले जानकारी गराए ।

स्थानीय गंग बहादुर खडकाले बिलो ट्वान्टिको गिट्टी र सम्झौता अनुसारकै काम गरि गुणस्तरिय सिचाई कुलो निर्माण गर्न ठेकेदारलाई आग्रह गर्दा आनाकानी गर्ने गरेकाले निर्माण स्थलमै पुगि अनुगमन गर्नु परेको बताए । उनले पहिले निर्माण भएको सिचाई कुलो भन्दा उच्चो र बिना साईजको सिचाई कुलो निर्माण गर्दा स्थानीयले खेतीपातीको समयमा सिचाई गर्न नपाएको बताए । त्यसैगरी जयपृथ्वी नगरपालिकाको समपुरक बजेट मार्फत निर्माण हुन लागेको खुडडिउन पडेस सिंचाई कुलो निर्माणमा गुणस्तरहिन जानकारी पाएपछि स्थलगत अनुगमन गरी निर्माण कम्पनीलाई सचेत गराईएको बताउदै प्रमुख बजालले निर्माण कम्पनीले गल्ती स्विकार गर्दै सच्चाउने प्रतिबद्धता सहित निर्माण कार्यले निरन्तरता पाएको बताए ।

स्थानीय कलक जंग खडकाले सम्झोता भनिएको सिमेन्टको सट्टा अर्को सिमेन्ट प्रयोग र स्थानीय ढुङ्गाको गिट्टी बनाई निर्माण कार्य गर्दै आएको निर्माण कम्पनीको बारेमा २ हप्ता अघि देखि बुझदा निर्माण कार्यमा कमसल सामाग्री प्रयोग गरेको देखिएको र अहिले केही सुधार गरेको बताए । ठेकेदारहरुले सरकार र स्थानीयलाई ठग्दै निर्माण कार्यमा कमसल सामाग्रीको प्रयोग गरेका कारण किसानले समयमा सिचाई गर्न नपाउने समस्या झेल्दै आएको बताए ।

निर्माण कम्पनी प्रतिनिधि निराजन शाहीले बिगतका दिनहरुमा केही प्राबिधिक कठिनाईका कारण निर्माण कार्यमा केही समस्या देखिएको स्विकार गर्दै अवका दिनहरुमा यस्ता समस्याको समाधान हुने र ठेक्का सम्झौतामा भएका निर्माण सामाग्रीको प्रयोग गरि निर्माण कार्यलाई अघि बढाउने बताए । देशमा निर्माण कार्यमा ठेकेदारहरुको लाफरवाहीका कारण ठेक्का समयमा निर्माण नहुने र निर्माण भएका भौतिक संरचनाहरु दिर्घकालिन नहुने समस्याहरु देखिने गरेका छन ।

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो