जेठ १४ दार्चुला । दार्चुलामा खोला तर्नेक्रममा बगेर २ जनाको मृत्यु भएको छ । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर–५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीय झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन टमटाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले खोला तर्ने क्रममा २५ वर्षीय झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन टमटाको मृत्यु भएको.जानकारी गराएका हुन ।
नातामा काका भतिजा पर्ने उनीहरु खोला तर्ने क्रममा बेपत्ता भएको बताउदै उनले दुबैजना घटनास्थलबाट केही तल मृत अबश्था भेटिएको जानकारी गराए ।
Post Views: 51