बैशाख ३० धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नदीमा नुहाउँने क्रममा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका वडा नम्बर–८ को लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको हो ।
आइतवार दिउँसो साढे १ बजेको समयमा नदीमा नुहाउने क्रममा गम्भीर घाइते भएका खड्काको उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको र साउँदलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ल प््हरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी गराए ।
Post Views: 49