बैशाख २४ धनगढी । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा एच आइ भि संक्रमित तथा प्रभावित बाल–बालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गोदावरी प्लस की अध्यक्ष पार्वती विकको सभापतित्वमा भएको कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रमका प्रमुख आतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले शैक्षिक सामग्री वितरण गदै नगर प्रमुख बिरेन्द्र भट्टले एच आइ भि संक्रमित एव् न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए ।
पालिकाले एच आइ भि संक्रमित तथा प्रभावित बाल–बालिकाहरूलाई शैक्षिक सत्रको नयाँ सेसन लागु हुदै गर्दा दलित, गरीवीको रेखामुनी रहेकाबालबालीकालाई थोरै रकमको शैक्षिक सामग्रीले केही राहात हुनेमा आफू विश्वस्त रहेको उनले बताए । त्यसैगरी नगर उपप्रमुख शारदा देवि रोकायाले शैक्षिक सामग्री पाए पछि आर्थिक अवस्था कमजोर भएका बाल–बालिकालाई अध्ययन गर्न सजिलो भएको बताईन ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताईन । गोदावरी नगरपालिकाको २ लाख ५० हजार आर्थिक सहयोगमा गोदावरी प्लसको सहयोगमा पालिका भित्र रहेका ६७ जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री अन्तर्गत झोला, कापी, डटपेन, सिसा कलम, छाता लगायतको सामग्री वितरण गरिएको हो ।
गोदावरी नगरपालिका भित्र ३ सय बढी सदस्य एच आइ भि संक्रमित रहेको गोदावरी प्लसका महेन्द्र रावलले जानकारी गराए् । शैक्षिक सामग्री वितरण कार्यक्रममा शारदा चिरालले स्वागत मन्तब्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन हेमन्त राज ओझाले गरेका थिए । कार्यक्रममा गोदावरी नगरपालिका, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी,महिला तथा बाल बालिका शाखा प्रमुख गोदावरी खत्री, गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा अध्यक्ष गोपाल दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो ।