"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दिन कटाउने होईन,दिन बदल्ने कम्युनिष्ट बन्नु पर्छ ः भरत सी

Khabar Raftar

बैशाख २४ धनगढी । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सीले दिन कटाउने कम्युनिष्ट नभई दिन बदल्ने कम्युनिष्ट बन्नु पर्ने बताएका छन र्। नेपाल कम्युनिष्ट पार्टी प्रदेश सम्रचनामा गईसके पछि पहिलोपटक सुदूरपश्चिम प्रदेशको धनगढीमा सोमबार आयोजना गरिएको सुदूरपश्चिम प्रदेश स्तरीय प्रशीक्षण कार्यक्रम्मा बोल्दै उनले यस्तो बताएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

दिन काट्ने कम्युनिष्टको आवश्यकता नभएको बताउदै उनले दिन बदल्ने कम्युनिष्ट भएर देश र जनताको सेवामा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन गर्नु भयो । सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम्मा सहभागी जील्ला सदस्यहरुलाई निर्देशन गर्दै उनले पार्टीका नेता कार्यकर्ताहरुले देश र जनताका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जिम्मेवार बन्नु पर्ने बताए । उनले नेता कार्यकर्ताहरुले सक्षम मात्र नभई सक्षम अग्रदस्ताका रुपमा विकास गर्न जनताका सरोकारका विषयमा केन्द्रित हुनु पने बताए ।

जनताले आशा भरोषा गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी र विश्वास गर्ने नेता विप्लव भएको बताउदै उनले जनताको आशा, भरोषा र विश्वासलाई कायम राख्न जनतासंग नेता कार्यकर्ताहरु जोडीनु पर्ने बताए । जनताको बलीदानबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नुकासाथै मीत्र शक्ती, मीत्र बर्ग र मीत्र समुदायसंग सहकार्य गर्दै अगाडी बढ्न जरुरी भएको बताउदै उनले नेपाली विशेषताको समाजबाद प्राप्तीका लागी उनीहरुलाई एकताको झण्डामुनी गोलबन्द गर्दै लैजानु पर्ने बताए । निर्बाचनलाई एकिकृत जनक्रान्तीको मोर्चाको रुपमा लिनु पर्ने बताउदै उनले जनताका विचमा रहेर जनताका काम गर्दै उनीहरुका समस्याको समाधान खोज्दै अगाडी बढ्नु पर्ने बताए ।

पुजीबादको ध्वम्स र समाजबादको विकास नै माकर्सबाद भएको बताउदै उनले नेपालमा दलाल पुजीबाद असफल भएको बताए । राजतन्त्र आफ्नै बलबुतामा आउन नसके पनि विदेशी शक्ति केन्द्रहरुको सहयोगमा पर्कन सक्ने खत्रा रहेको बताउदै उनले सबैले समयमै सचेत हुनु पर्ने बताए । स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले नेपालमा समाजबाद ल्याउन समाजबादीहरुले एकजुट हुनु पर्ने     बताए । दलाल पुजीबादी ब्याबश्थाले समस्या समाधान गर्न नसकेकाले नयाँ विकल्पमा जानु पर्छ भन्ने सोचको विकास भएको छ , सबै समाजबादी भएका छन, त्यसैले समाजबाद मान्ने सबै एक हुनु पर्छ उनले भने ।

निर्बाचनको प्रसंगमा बोल्दै उनले जीत्नको सहि विचार र नेतृत्व आवश्यक हुने र त्यो नेपाल कम्युनिष्ट पार्टीसंग भएको बताए । हामीलाई मँन्त्री सांसद केही चाहीएको छैन समाजबाद चाहीएको छ । त्यसैले हामी समाजबादका लागी निर्बाचनमा जादै छौ,उनले भने । उनले उत्पादन क्रान्ती जारी रहेको बताउदै स्याउ, ओखरका बोट रोपेको , धान, गहुँ, तरकारी खेती गरेको, बाख्रा पालन गरेको जानकारी गराउदै सबैले सरल जीवन र कडा मेहनेत गर्नुका साथै उत्पादनसंग अनिबार्य जोडीनु पर्ने बताए ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका पोलीट ब्युरो सदस्य विकल्प सिले एक धु्रविय विश्व बहुधु्रविय भएको बताउदै साम्राज्यबादीहरुको करङ भाचीएको बताए । विश्वमा दादागीरी गर्दै आएको अमेरिकाकाके करङभाचीएको छ, अब ढाड भाचीने अबश्था आएको छ , यो क्रान्तीको उपलब्धी हो उनले भने । रसिया युत्र्रmेनसंग नभई अमेरिकासंग लडी रहेको बताउदै उनले अमेरिकाको ढाड भाचीने बताए । नेपालमा समाजबादले गर्भ धारण गरी सकेको बताउदै उनले एक दिन अबश्य समाजबाद जन्मीने बताए ।

समाजबाद प्राप्तीका लागी सबै नेता कार्यकर्ताहरुले उत्पादनसंग जोडीएर आत्म निर्भर पार्टी र कार्यकर्ता बनाउन लाग्नु पर्ने बताए । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज मीना सीले कार्यक्रम्मा सहभागी सबैलाई स्वागत गर्दै चुनावलाई युद्धका रुपमा लिनु पर्ने बताउदै क्रान्तीकारीहरु सबै ठाउँमा फिट हुनु पर्ने बताईन । क्रान्तीकारी शक्तिहरु एकजुट हुनु पर्ने बताउदै उनले जीतेर पनि हारेको जनयुद्धबाट पाठ सिक्दै आफ्ना कारणले हार्नु नहुने बताईन । उनले विचारको विकास गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु अरु भन्दा फरक हुनु पर्ने बताईन ।

त्यसैगरनेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कार्यक्रमका सञ्चालक समर सीले पार्टीलाई आन्तरिक रुपमा सुदृढ बनाऔ, समाजबादका लागी फराकिलो मोर्चा निर्माण गरौ शिर्षकको दस्स्ताबेज बाचन गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्यहरु भगत सी, प्रकाश सी,एण्डीज सी लगायतका नेतहरुको उपश्थिति रहेको थियो ।

 

भर्खरै

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु
गोदावरीबाट भन्सार छलीका सामान बरामद
कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ
सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली
हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ
अछाममा राष्ट्रिय योग दिवस मनाइयो
सरकारले भूकम्प र बाढीपहिरो पीडितका घर पुनर्निर्माण गर्ने
माघे सक्रान्तीको अवसरमा कैलालीको गोदावरीमा भक्तजनको घुईचो

धेरै कमेन्ट गरिएको

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

swayam-sebika

बैतडीमा भिरबाट लडेर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु

saman-baramad-godawari

गोदावरीबाट भन्सार छलीका सामान बरामद

HPV-Vaccine

कैलालीमा किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

cropped-cropped-khabar-raftar-2.png

स्वास्थ्य सेवालाई सहज र पहुँच युक्त बनाऔ

Polish_20250114_180203772_1

सुदूरपश्चिममा प्रहरीमा जागिर लगाउने भन्दै प्रहरीद्वारा २ लाख असुली

haraiya-2

हरैयामा पीपीपी मोडलबाट सेज सञ्चालन गर्ने सरकारको तयारी

Kha-22025-01-13-08-33-11

कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित पूर्व असइ पक्राउ

ac

अछाममा राष्ट्रिय योग दिवस मनाइयो