"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नङसम्बन्धी कस्ता कस्ता समस्या आउँछन् ? बच्न के गर्ने ?

No data was found

Khabar Raftar

ऐजेन्सी । नङ वरपरको छालामा धेरै समस्या देखिने गर्दछ । गहिरो गरी उक्किने, फुट्ने, पिप जम्ने, नङ टुक्रिने र पाकेर झर्ने जस्ता समस्या लिएर अस्पताल आउनेहरु बढेको चिकित्सक
बताउँछन् ।
नङ र त्यस वरपरको छालामा हुने विभिन्न समस्या लिएर हरेक दिन तीनदेखि पाँच जना उपचारका लागि आउने गरेको नेपाल मेडिकल कलेज
(एनएमसी)को छाला तथा यौनरोग विभागकी सहप्राध्यापक डा. एलिज अर्याल बताउँछिन् । नङका कारण पोल्ने, ज्वरो आउने जस्ता समस्या हुने गरेको छ । यसलाई मेडिकल भाषामा ‘एक्युट प्यारोनेकिया’ भनिन्छ । उपचार गर्न आउनेहरु वर्ग, उमेर, पेशाअनुसार कारण विभिन्न भएको पाइएको डा.अर्यालको भनाइ छ ।
नङमा समस्या आउने कारण
डा. अर्यालका अनुसार वर्ग, उमेर अनुसार नङमा आउने समस्या फरक–फरक देखिन्छ । ह्याण्ड सेनिटाइजर, हात धुने साबुनका कारण सबै वर्ग, उमेर, पेशाका मानिसहरुमा यो समस्या बढेको देखिएको उनको अनुभव छ । पछिल्लो समय देखिएको समस्याको नयाँ कारणमा यो पनि एक भएको डा. अर्याल बताउँछिन् ।
बारम्बार ह्याण्ड सेनिटाइजर र हात धुने साबुनको प्रयोगका कारण नङ वरपरको छालाको माथिल्लो तह निस्केर त्यो भाग कमजोर हुन गई छाला फुट्ने, गहिरो गरी उक्किने समस्या देखिन्छ । कतिपयको नङमा फङगल इन्फेक्सन भएर नङ नै खस्नेसम्मको समस्या आउने डा. अर्यालले बताइन् ।
सामान्यतः गृहिणीहरुमा यो समस्या बढी देखिने गरेको छ । किनकि, तुलनात्मक रुपमा अरुभन्दा उनीहरु बढी साबुन चलाउँछन् । लुगा धुने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा धुने साबुन चलाइरहनुपर्ने हुन्छ । यस्तै केमिकल उद्योगमा काम गर्नेहरुमा पनि नङसम्बन्धी समस्या धेरै देखिन्छ । जसलाई कन्ट्याक्ट एलर्जी भनिन्छ । किसान, गार्डेनरहरुमा माटोसँग धेरै खेलाउँदा पनि समस्या हुने गरेको डा. अर्याल बताउँछिन् ।

त्यस्तै निर्माण कम्पनीमा कार्यरत मजदुरहरुले सिमेन्ट छोइराख्नुपर्ने कारणले पनि फुट्ने समस्या देखिन्छ । किशोरी तथा युवतीहरुले मेनिक्युर, पेडिक्युर गर्दा नङ र नङको वरपरको छाला घोटेर सफा गर्दिन्छन् । त्यसले छाला घोटिई पातलो हुन जान्छ र टुक्रिने, फुट्ने समस्या
हुन्छ । कतिपयको नङमा फङ्गल इन्फेक्सन भई नङ पाकेर समेत झर्छ । यसैगरी वृद्ध उमेरका व्यक्तिमा पनि नङ र छालाको समस्या धेरै देखिन्छ । धार्मिक मन भएकाहरु दैनिक पूजा गर्दा अबीर
छुन्छन् । आजभोलिको अबीर केमिकलयुक्त हुन्छ । त्यसले छाला
फुट्छ । फुटेको छालामा पटकपटक अबीर पस्दा संक्रमण हुन्छ । जसका कारण पिप जम्ने समस्या हुन्छ ।

विस्तारै नङसम्म समस्या पुग्छ । नङको वरपरको छाला भनेको नङको घर भएकाले त्यसमा समस्या आउँदा नङमा स्वतः असर पर्ने डा. अर्याल बताउँछिन् । ‘नङको वरपरको छाला भनेको नङको घर हो । वरपरको छालामा समस्या देखिन थालेपछि नङमा असर देखिन
थाल्छ । नङ कालो, पहेंलो, कालो देखिने र टुक्रिने हुन्छ । त्यसैले वरपरको छालाको ख्याल राख्नुपर्छ,’ उनी भन्छिन् ।
नङसम्बन्धी समस्याबाट बच्न के गर्ने ?
नङ र त्यस वरपरको छालामा आउने समस्याबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने डा. अर्याल बताउँछिन् । ह्याण्ड सेनिटाइजर र साबुनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुपर्छ । यस्तै केमिकलयुक्त चीज कम छुने, छुनैपरे पञ्जाको प्रयोग गर्ने, किसान, मजदुर र गृहिणीले आफ्नो काम गर्दा पनि पञ्जा लगाएर गर्नुपर्ने डा. अर्यालको सुझाव छ ।

मेनिक्युर–पेडिक्युर पनि सकेसम्म गर्नुहुँदैन । घरैमा बिहान बेलुका दुईपटक नङ सफा गरेमा यसको आवश्यकता नहुने उनी बताउँछिन् । हातमा चिल्लो क्रिम, मोस्चराइजर, भ्यासलिन पेट्रोलियम जेली, अलिभ अयल लगाउन सकिन्छ । नरिवलको तेल, खाना पकाउने तेल, घिउ, नौनी आफूसँग जे छ त्यही प्रयोग गरेर पनि नङमा आउने समस्याबाट छुटकारा पाउन सकिने डा. अर्याल बताउँछिन् ।
नङ धेरै गहिरोगरी काट्न हुँदैन ।

नङ गहिरोगरी काट्दा छाला काटिने र संक्रमण हुने जोखिम भएकाले छालाको तहलाई जोगाएर काट्नुपर्छ । यसैगरी नङपालिस किन्ने बेला पनि ख्याल गर्नुपर्दछ । बजारमा पाइने गुणस्तरहीन नङपालिसको प्रयोगले समस्या निम्त्याउन सक्ने डा. अर्याल बताउँछिन् । नङपालिस लगाउँदा नङमा मात्रै नभएर वरपरको छालातिर लाग्ने हुँदा त्यसले छालामा असर गर्छ ।

भर्खरै

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु
यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ
बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा
सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित
फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण
महिलाहरूलाई उच्च शिक्षा प्रदान गर्ने थलो बन्दै कञ्चनपुरको घटाल बहुमुखी क्याम्पस
बैतडीमा ६६ हजार २ सय ४७ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध

धेरै कमेन्ट गरिएको

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

4a5d3b7d-e258-498e-bb53-679e90b2c8c2

बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै

Accident Npl1682907938

गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

pakrau-1

यार्चागुम्बा ओसार पसार मुद्दामा फरार एक जना पक्राउ

cf089f26-b004-466d-81c3-527f6342bbfa

बाजुरा र अछामका सडक अलपत्र पार्ने ८ वटा ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण

28816f6f-d474-4462-83e0-05a25290dd7f

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा सहित २८ जनाविरुद्ध भ्रष्टचार मुद्दा

f9fb0e2f-c2d2-4ab7-a0ce-03e55cb4b4cf (1)

सरकारी विज्ञापन नीति विरुद्ध कैलालीका पत्रकार आन्दोलित

6e07b3be-75d2-40e8-8976-ec0f1c063b3b

फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह

c9efda9b-6bf8-4b93-9af6-2a83792c370e

सुदूरपश्चिमलाई बालविवाह मुक्त प्रदेश बनाउने उद्देश्यले विस्तृत अनुरोध पत्र हस्तान्तरण