"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतबाट आउने नेपालीहरुमा दिनहुँ कोरोनाको संक्रमण देखिन थाल्यो

No data was found

Khabar Raftar

पौष १४ धनगढी । भारतबाट आउने नेपालीहरुमा दिनहुँ कोरोनाको संक्रमण देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार भारतबाट आउने नेपालीहरुमा दिनहुँ कोरोनाको संक्रमण देखिन थालेको हो । भारतमा कोरोना भाइरसको नयाँ भेरिएण्ट जेएन वान देखिन थाले पछि गौरीफन्टा नाकामा परीक्षणलाई तीव्र बनाईएको छ । पछिल्लो १० दिनमा भारतबाट घर फर्किने ९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

गौरीफण्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउले पुस ३ गते देखि १३ गते सम्म ३ सय जनाको एण्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको जानकारी गराए । भारतको दिल्ली, चन्डीगढ, बेंगलोर र हैदरावाद लगायतका क्षेत्रबाट आउने नेपाल ीहरुमा कोरोनाको संक्रमण देखिएको उनले बताए । अहिले लक्षण देखिएका र शंकास्पद व्यक्तिको मात्रै परीक्षण भइरहेको बताउदै उनले भारतका विभिन्न राज्यमा नयाँ भेरिएण्टको संक्रमण बढिरहेको बताए ।

संक्रमण पुष्टि भएकाहरूको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको साउदले बताए । नयाँ भेरिएण्ट जेएन वान हो वा होइन भन्ने पहिचान गर्न प्रयोगशालामा नमुना पठाइएको हो । कञ्चनपुरको गड्डाचौकी नाकामा पनि हेल्थ डेस्कले शंकास्पद व्यक्तिलाई नियमित रूपमा परीक्षण गर्दै आएको छ । भारतमा संक्रमण बढ्न थालेपछि पुस ७ देखि परीक्षण सुरु गरिएको हेल्थ डेस्कका प्रमुख प्रेमसिंह भण्डारीले जानकारी गराए । गड्डाचौकीमा भने हालसम्म संक्रमणको पुष्टि नभएको उनले बताए ।

भण्डारीले दैनिक साढे दुई सय जना नेपाल भित्रिरहेको जानकारी गराउदै ३०÷४० जनाको मात्रै परीक्षण भइरहेको बताए । भारतको दिल्ली र देहरादुनसम्म चल्नै मैत्री बसहरूले नाकामा रोक्न अटेर गर्दा परीक्षणमा समस्या भएको उनले बताए । नाकामा परीक्षणका लागि बसहरू रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायसँग आग्रह गरिएको उनले बताए । नाकामा परीक्षण नहुँदा र संक्रमण देखिएकालाई पनि सार्वजनिक यातायातमै घरतर्फ पठाउँदा समुदायमै संक्रमण फैलिन सक्ने जोखिम रहेको उनले बताए ।

भर्खरै

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

Thunuwa

उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

cropped-cropped-khabar-raftar-2.png

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ