मंसिर ०९ धनगढी । कैलालीको त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेण्टीन टुर मुकाम कार्यालय सञ्चालनका लागि चार महिना पछि कर्मचारी पठाइने भएको छ । सरकारले धनगढीमा प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि कर्मचारी पठाउने निर्णय गरे पछि कर्मचारी पठाइने भएको हो । मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा शनिवार बिहान बालुवाटार पुगेको टोलीलाई प्रधान मन्त्री प्रचण्डले कृषि मन्त्रि बेदुराम भुसालले सुदूर पश्चिम प्रदेशको त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेण्टीन सञ्चालनका लागि कर्मचारी पठाउने निर्णय गरिसकेको जानकारी गराएको बताईएको छ ।
प्रधानमन्त्री दाहालले बुधवार मन्त्रीपरिषदको बैठकबाट उक्त निर्णय पारित गर्ने प्रतिबद्धता गरेको बताइएको छ । प्रधानमन्त्री दाहालले केही दिनमै प्लान्ट क्वारेण्टी सञ्चालनका लागि कर्मचारी पठाउने समेत प्रतिबद्धता जाहृर गरेको बताईएको छ । साउन २८ गतेदेखि बन्द रहेको प्लान्ट क्वारेण्टीन कार्यालय सञ्चालनका लागि प्रदेश सरकारले पटक–पटक ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको मुख्यमन्त्री शाहले गरेको गुनासोलाई मध्येनजर गर्दै प्रधानमन्त्री दाहालले कर्मचारी पठाउने बताएका हुन ।
साउन २८ गतेदेखि प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान,गहुँ,मकै,दलहन लगायत खाद्यान्न,फलफूल,तरकारी,पशुपन्छी तथा दुग्धजन्य वस्तुको आयात रोकिएको थियो । खाद्यान्न, फलफूल,तरकारीलगायत वस्तुको आयात पूर्ण रूपमा रोकिदा राजस्व संकलनमा पनि समस्या भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी गराए ।
त्रिनगर नाकाबाट वार्षिक सवा दुई अर्बभन्दा बढी मूल्यको खाद्यान्न,तरकारी तथा फलफूल भारतबाट आयात हुने जानकारी गराउदै उनले करिब तीन करोडको तेजपत्ता र पिना भारत निर्यात हुने गरेको बताए । त्रिनगर नाकाबाट खाद्यान्न,तरकारी,फलफूल आयात रोकिए पछि सुदूरपश्चिम प्रदेशमा लागत महँगिदा मूल्य वृद्धिको मारमा उपभोक्ता परेको उनले बताए ।
प्रधानमन्त्री दाहालले सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन सफल पार्न मन्त्री परिषदको बैठकबाट निर्णय गर्ने प्रतिबद्धता गर्दै लगानी बोर्डको अध्यक्ष स्वय भएकाmले लगानी तथा विकास सम्मेलन सफल पार्न लगानी बोर्डलाई परिचालन गर्नै आश्बासन दिएको बताईएको छ । प्रधानमन्त्री दाहालले बेतन कर्णाली आयोजना निर्माणका लागि सरकार गम्भीर रहेको बताउदैे आयोजना निर्माणमा सरकार जुटेको जानकारी गराएको बताईएको छ ।


