मंसिर ०२ धनगढी । धनगढीको बजारमा रहेको सारथी अस्पताल सहित ८ वटा पसलमा आगलागी हुँदा १७ करोड ९७ लाख बढीको क्षती भएको छ । शुक्रबार राती करिब १ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा धनगढी उपमहानगरपालीका वडा नम्बर १ मा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथि अस्पताल सहितका ८ वटा पसलमा आगलागी हुँदा १७ करोड ९७ लाख बढीको क्षती भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डिएसपी कुलदिप चन्दले विद्युत् सर्ट भएर आगलागी हुँदा सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा गरी १७ करोड ९७ लाखको क्षती भएको जानकारी गराए । दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासि विद्युत् सर्ट भएर आगलागी भएको उनले जानकारी गराए ।
सारथी अस्पताल प्रा.लिको ५ करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुदिक्षा इन्टरप्राईजेजको १ करोड २० लाख, भट्ट सप्लार्यसको ७० लाख, भण्डारी सुज सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको ४ करोड २५ लाखको क्षती भएको डिएसपी चन्दले जानकारी गराए । त्यस्तै मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबीसपको ९० लाख, खाद्य गोदामको भौतिक संरचनामा ४ करोडको क्षती भएको उनले जानकारी गराए ।
खाद्य गोदामको कर्मचारीको स्कुटरको २ लाख २० हजार गरी १७ करोड ९७ लाख २० हजारको क्षती भएको डिएसपी चन्दले जानकारी गराए । धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले जानकारी गराए । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलाली सहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको उनले जानकारी गराए ।
जुत्ताको गोदामबाट सल्केकोे आगो अस्पतालमा पुगेपछि कार्यरत चिकित्सक तथा कर्मचारीले थाहा पाएको सारथी अस्पतालका सञ्चालक बेद प्रकास जोशीले बताए । अस्पतालमै आगो पुगेपछि शुरक्षाकर्मी बोलाएर उहाँहरुको सहयोगमा बिरामीहरुलाई सेती अस्पतालमा सार्ने काम भएको उनले बताए । केही सामान्य हलुका समान बाहिर ल्याउन सफल भए पनि ठुला उपकरण ल्याउन नसकिएको उनले बताए । ठुला उपकरणको क्षती हेर्दा ५ करोड बढीको क्षती भएको जोशीले बताए । उनले सरकारी निकाय र निजि क्षेत्रसंग अस्पताल पुनः सञ्चालनका लागी सहयोग गर्न आग्रह गरेका छन ।
त्यसैगरीै भण्डारी जनरल स्टोर एण्ड सुज सेन्टरका सञ्चालक दल बहादुर भण्डारीले साढे ४ लाख बढीको समान रहेको गोदाम ध्वस्त भएको बताए । आगो लागेको खबरपछि आफु गोदाम सम्म पुग्दा आधा बढी गोदाम ध्वस्त भईसकेको उनले बताए । शुरक्षाकर्मीले आगो नियन्त्रणमा ल्याए पनि गोदाममा रहेको समान जोगाउन नसकिएको उनले बताए । सरकारी र गैर सरकारी निकायबाट सहयोगको अपेक्षा गरेको उनले बताए ।
बिमाले सही विवरणबाट सहयोग गर्न र अन्य निकायले पनि हातेमालो गरे फेरी पुरानै अवस्थामा आउन सक्ने भण्डारीले बताए । त्यसैगरी कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले स्थानिय तहबाट आएको बिवरण संघ सरकार सम्म पेष गर्ने बताए । अनुमानित १७ करोड बढीको क्षती देखिएको बताउँदै उनले अब हुने थपघटको बिवरण सहित पेष गर्ने जानकारी गराए । प्रमुख जिल्ला अधिकारी कट्टेलले आगलागीबाट क्षती पुगेका ब्यवसायीहरुको पिडामा मलम लगाउन सरकार तयार रहने जानकारी गराए ।



