विश्णु विश्वकर्मा,भदौ १५ पोखरा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकार, सदन र सडक क्रान्तिको साधन बन्न आवश्यक रहेको बताएका छन् । समाजवादी मोर्चा, नेपालद्वारा शुक्रबार पोखराको सभा गृहमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।
अमेरिकी साम्राज्यवादले नेपाललाई सैन्य मैदान बनाउन खोजिरहेको बताउदै महासचिव विप्लवले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको नेपाल सैन्य मैदान बन्न नदिन अमेरिकाको षड्यन्त्रविरुद्ध समाजवादी मोर्चालाई उभ्याउनु पर्ने बताउदै सरकार, सदन र सडक क्रान्तिको साधन बन्नु पर्ने बताएका हुन ।
उनले प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताउदै सुशासन, स्वाधीनताको पक्षमा, लडिरहेको बताए । महासचिव विप्लवले सदनमा भएका माधव नेपाललाई जनताको कानुन बनाउने पक्षमा लड्नन सुझाव दिदै संसदलाई गफ गर्ने थलो मात्र नभई जनताको सेवक बनाउन आग्रह गरे । हामी सडकको नेतृत्व गर्छौं, सडकको मोर्चाबाट लडिरहेका छौँ, देशको स्वाधीनताको लागि जनताको अधिकारका लागि तपाईहरु सदनबाट लड्नुस उनले भने ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रतिक्रान्ति र साम्राज्यावादका विरुद्ध लड्न समाजवादी मोर्चा बनेको बताउदै देशीविदेशी तत्वहरुले जब स्वाधीनता र राष्ट्रियतामाथि हमला गर्न लाग्छन् त्यसैबेला कयौं समीकरण बन्ने बताउदै समाजवादी मोर्चा पनि सोही एकताको प्रक्रियामा अगाडि बढिरहेको दाबी गरे । नेपालको दलाल पुजीवादलाई अन्त्य गरि जनताको सत्ता स्थापना गर्न नेपाली विशेषताको समाजवादी सत्ता निर्माण गर्ने समाजवादी मोर्चाको उद्देश्य रहेको उनले बताए ।


