बसन्त विश्वकर्मा,भदौ ०१ सुर्खेत । एनआईसी एशिया बैङक सुर्खेत शाखाको कर्तुत यस्तो सम्म भेटिएको छ कि दुई जना सर्वसाधारणलाई जबर्जस्त खाता खोल्न लगाई ग्राहक बनाएर करिव २१ लाख रुपैयाको ऋणको भारी बोकाएको छ । दुई जना सर्वसाधारण नागरिकको नाममा जबर्जस्त खाता खोल्न लगाई ऋण नलिएको भए पनि २० लाख ९० हजारको ऋण ग्राहकको खातामा देखाएको हो । बैङकमा खाता खोलेपछि बैङकले तपाईहरुलाई पैसा हालिदिन्छ खाता खोल्नुहोस भन्ने प्रलोभन देखाए पछि सुर्खेतका अमर चौधरी र गणेश थारुले बैङकमा खाता खोल्न वाध्य भएको बताए ।
खाता खोलेको तीन महिना पछि अमरको खातामा ९ लाख ५० हजार र गणेशको खातामा ११ लाख ४० हजार रुपैया ऋण निकालिएको देखाईएको उनले बताए छ । ग्राहकहरुलाई भ्रममा पार्दै उनीहरुको सम्पत्ति हत्याउने भित्रि उद्देश्य राखेको बैङकले आफ्नो कालो कर्तुत सुर्खेती सर्वसाधरण जनतामा प्रयोग गरेको खुलासा भएको हो । बैङकले दिपक रोकायाको एनआईसी एशिया बैङकमा रेहेको १ करोड १० लाख ८ हजार ४ सय ८५ रुपैयाको ऋणलाई सर्वसाधारण अमर र गणेशको नाममा ट्रान्स्फर गरिएको देखिन्छ । बैङकले एकाएक पीडित अमर र गणेशलाई खाता खोल्न लगाएर किन यस्तो गर्यो ? रोकायाको समेत यस प्रकरणमा मिलिमत्तो छ या छैन, बैङकको मात्र षड्यन्त्र हो ? त्यो भने अझै रहस्यमय रहेको छ ।
तर घटनाको प्रकृति अनुसार यो प्रकरण रोकाया र बैङकका कर्मचारीहरु मिलेर सर्वसाधारणलाई फसाएको सहजै अनुमान गर्न सकिन्छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बरं ९ का अमर र वीरेन्द्रनगर नगरपालिका वडा नम्बरं २ का गणेशलाई एनआईसी एशिया बैंक एरिचोक शाखाले खाता खोल्न लगाएको उनिहरुले बताएका छन । बैङकले खाता खोल्नु अघि उनिहरु दुवै जनाहरुबाट श्रीमती र उहाँहरुको नागरिताको फोटो कपी लिएको बताईएको छ । पीडित अमरले एक्कासी बैङकले फोटो नागरिकताको फोटो कपी मागी खाता खोलेर हस्ताक्षर गरिएको चेक लिएर आफुलाई ठगी गरेको गुनासो गरेका छन । खाता खोलेको केही दिन पछि साँझ ६ः३० बजे बैंकमा परिवार सहित बोलाईयो र एक्कासी हस्ताक्षर गर्न लगाईयो ।
कागजातमा के लेखिएको थियो आफूलाई पढ्ने अवसर नै नदिएर हस्ताक्षर गर्न र ओैंठा छाप गर्न लगाईयो । सबै प्रकृया पूरा भै सके पछि मेरो नाममा चेक निकालियो । २÷३ वटा चेकमा पनि हस्ताक्षर गर्न लगाईयो । हस्ताक्षर गरेको चेक पनि नाम थाहा नभएकी महिला कर्मचारीले बैंकमा नै राखिन । कुरा गर्न खोज्दा कुरा गर्ने समय छैन । तपाईंको प्रकृया पूरा गर्नु पर्ने भएकाले हो । तपाईंले जे भन्यो त्यही मात्र काम गर्नु होस भनि जवाफ दिएको उनले बताए । पीडित अमरले खाता खोलेको तीन महिना पछि किस्ता भर्नु पर्याे भन्दै बैङकबाट फोन आए पछि आफु चकित प
बैङकले तपाईको नाममा ९ लाख ५० हजार ऋण छ भनर जवाफ दिएको उनले बताए । पीडित अमरले ऋण भनेको के हो ? थाहा छैन मेरो नाममा ऋण कसरी आयो ? भनेर फेरि प्रश्न गर्दा उत्तरमा धेरै कुरा नगर्नुहोस भनेर थर्काएको उनले गुनासो गरे । बैङकबाट तपाईंको नाममा ऋण देखिएको छ, समयमा किस्ता तिर्नु भएन भने तपाईंको घर जग्गा लिलाम हुन्छ । तपाईंले समयमा नै किस्ता तिर्नु भनेर फोन राखि दिएको उनले बताए । पीडित अमरले बैङकमा गएर हेर्दा आफुले खाता मात्र खोलेको तर आफ्नो खातामा ९ लाख ५० हजारको ऋण देखि पछि ठगीएको थाह भएको बताए । बैङकको ताकेता पछि पहिलो किस्ता ७ हजार पाँच सय र त्यसपछि १ लाख ५० हजार तिर्न बाध्य भएको उनले बताए ।
घर नै लिलाम हुन्छ भने पछि डरले आफुले एक पटक ७ हजार ५ सय जम्मा गरेको बताए । फेरि घरमा चिठ्ठी सहित मान्छे आए चिठ्ठी पुर्याउने मान्छेले छिटो किस्ता तिर्नु नभए तपाईंको घर लिलाम हुन्छ भन्दा डरले १ लाख ५० हजार पनि जम्मा गर्न बाध्य भएको उनले बताए । नलिएको ऋणको पीरले घर परिवार तनाबमा रहेको उनल बताए । अहिले उनको अर्काे बैंकमा रहेको खाता समेत ब्लक भएको बताउदै उनले पेन्सन आएको पैसा पनि निकाल्न नसकेर घर खर्च चलाउन समस्या भएको बताए । त्यसैगरी एनआईसी एशिया बैङकले यस्तै कुर्तुत अर्का गणेश थारु माथि पनि गरेको छ । गणेश थारुबाट नागरिताको फोटो कपि,फोटो लिएको केही दिन पछि उनलाई पनि बैंकमा बोलाईएको उनले बताए ।
पीडित गणेशले बैंक बन्द भएकाले वेसमेन्टको डोका प्रयोग गरी बैङकभित्र बोलाईएको बताए । बैङकमा कागजात तयार रहेको बताउदै सम्पूर्ण कागजातमा हस्ताक्षर गर्न लगाईएको उनले जानकारी गराए । आफूले हस्ताक्षर गरेपछि श्रीमतीले पनि हस्ताक्षेर गरेको उनले बताए । गणेशले श्रीमती नआएको र आफू मात्रै एक्लै आएको भन्दा तपाई बोलाउनु हुन्छ कि हामी ल्याउन घरमै जाउँ भनेको समेत बताए । बैङकका नाम नचिनेका अपरिचित कर्मचारीले त्यसो भनेको उनले बताए । पीडित गणेशले त्यसपछि आफु बोलाउछु भनेर फोन गरेर बोलाएको बताए ।
बीच बाटो सम्म आफू गएर ल्याएको उनले बताए । श्रीमतीले पनि हस्ताक्षर गरेर ल्याप्चे लगाएको उनले बताए । मलाई चेकमा पनि हस्ताक्षेर गर्न भनियो । मेरो नामको चेकमा हस्ताक्षर गरेको ३÷४ वटा चेक बैङक कर्मचारिले राखेर बचेको चेक आफुलाई दिएको उनले बताए । त्यस पछि दुई तीन महिना पछि बैङकबाट किस्ता भर्नु पर्याे भन्दै फोन आएको उनले बताए । उनले पनि पीडित अमर जस्तै प्रश्न गर्दै केको किस्ता तिर्ने हो ? जब कि मैले वैङकवाट ऋण नै लिएको छैन भनेको बताए । बैंक बाट ११ खाल ४० हजारको कर्जा तपाईको नाममा लिएको छ भनि जवाफ दिएको उनले बताए ।
उनले एक जना दिपक रोकायाले बैङकबाट पैसा आउछ । खाता खोल भन्दा खाता मात्रै खोलेको बताए । पीडित गणेश बैङकमा गएर हेर्दा ११ लाख ४० हजारको ऋण लिएको देखिएको बताए । आफुले लिदै नलिएको कर्जा देखिदा आत्तिएको उनले बताए । बैङकबाट १ पैसा ऋण नलिएको बताउदै उनले पैसा आउँछ भनेर खाता खोल्न लगाए पछि खाता मात्रै खोलेको बताए । बैङकमा धेरै बेर सम्म बोले,कराए मेरो आवाज कसैले सुनेन् । तपाईंले ऋण लिएको देखिन्छ किस्ता तिर्नुहोस । यदि किस्ता नतिरे तपाईंको घर लिलामा जान्छ भन्ने जवाफ मात्रै पाएको उनले बताए ।
घरमा बैङकबाट किस्ता भर्नु भन्दै वारम्वार चिठ्ठि जाने गरेको बताउदै उनले न्यायको लागि विभिन्न निकायमा धाएको पनि बताए । कानूनी रुपमा बैङकको षड्यन्त्रमा खाता खोल्न लगाई अमर र गणेशको नामको खातामा पैसा जम्मा हुन आएको देखिन्छ । अनि त्यही खाताबाट पैसा निकालेको देखिन्छ । जसले गर्दा दुवै जनालाई कानूनी लडाईमा कमजोर बनाएको छ । गणेशले बैङकले समेत यसरी ठगी गर्छ भन्ने कुरा आफूलाई थाहा नभएको वताएका छन । बैङकको षड्यन्त्रपूर्ण ठगीका कारण मर्नु न वाँच्नुको अवस्थामा पु्र्याएको उनले दुखेसो गरे । यस विषयमा एनआईसि एसिया बैंकका ईन्चार्ज राजन पोखरेललाई बुझ्दा ऋण लिदा उनिहरुले लिएको बताउदै अहिले नाना थरि कुरा गरेर उन्मुक्ति नपाउने बताए ।
बैङकमा ऋण देखिएको छ, कागजातमा हस्ताक्षर गर्दा पूर्णजानकारी दिएको हुन्छ । अहिले अन्जान बन्ने काम गर्नु नितान्त गलत हो उनले भने । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी सुर्खेतले पीडित र पीडकहरु सवै पक्षलाईसंगै राखेर छलफल गरेको छ । वुधवार सुर्खेतको पार्टी कार्यालयमा सवैपक्षलाई वोलाएर छलफल गरेको हो । छलफलमा नेकपाले पीडित अमर चौथरी र गणेश थारुको नाममा ट्रास्फर गरिएको ऋण दिपक रोकायाले तिर्ने सहमति भएको छ । नेकपाका जिल्ला सेक्रेटरी जीतले एनआईसी एसिया बैंकका प्रमुख,दिपक रोकाया र पीडितलाई बसाली लामो छलफल गर्दा यस्तो सहमति भएको हो ।
बैङकमा भएको ऋण रोकायाको कारोबार मनिषा कोल्डडिङको ऋण असुल गर्दा पीडित गणेश र अमरको नाममा बैंकले देखाएको ऋणको कालो सुचिबाट नाम हटाउने र ऋण दिपक रोकायाको नाममा नै देखाउने सहमति भएको सुर्खेत सेक्रेटरी जितले जानकारी दिए । सहमति पत्रमा पीडित अमर,गणेश, कारोवारी दिपक र बैङकका अधिकारीहरुले हस्ताक्षर गरेका छन । एनआईशी एशिया बैङकको गढवढी वेला वेला सार्वजनिक हुने गरेकै अबश्थामा सुर्खेतमा भएको यो गढवढी पनि सामान्य नभएको नेकपाले वताएको छ ।
ग्राहकहरुलाई भ्रममा पार्दै उनीहरुको सम्पत्ति हत्याउने भित्रि उद्देश्य राखेको बैङकले आफ्नो कालो कर्तुत सुर्खेती सर्वसाधरण जनतामा प्रयोग गरेको खुलासा भएको हो । बैङकले दिपक रोकायाको एनआईसी एशिया बैङकमा रेहेको १ करोड १० लाख ८ हजार ४ सय ८५ रुपैयाको ऋणलाई सर्वसाधारण अमर र गणेशको नाममा ट्रास्फर गरिएको देखिन्छ ।
बैङकले एकाएक पीडित अमर र गणेशलाई खाता खोल्न लगाएर किन यस्तो गर्यो ? रोकायाको समेत यस प्रकरणमा मिलिमत्तो छ या छैन, बैङकको मात्र षड्यन्त्र हो ? त्यो भने अझै रहस्यमय रहेको छ । तर घटनाको प्रकृति अनुसार यो प्रकरण रोकाया र बैङकका कर्मचारीहरु मिलेर सर्वसाधारणलाई फसाएको सहजै अनुमान गर्न सकिन्छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बरं ९ का अमर र वीरेन्द्रनगर नगरपालिका वडा नंम्बर २ का गणेशलाई एनआईसी एशिया बैंक एरिचोक शाखाले खाता खोल्न लगाएको थियो ।



