"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

५७ करोड ६२ लाखमा निर्माण गरिएका होल्डिङ सेन्टर अलपत्र

No data was found

Khabar Raftar

साउन ०६ धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा ५७ करोड ६२ लाखको लागतमा निर्माण गरिएका होल्डिङ सेन्टर अलपत्र परेका छन । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा निर्माण गरिएको एक हजार शैयाको होल्डिङ सेन्टर र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा निर्माण गरिएको एक हजार शैयाको होल्डिङ सेन्टर अलपत्र परेका हुन ।

नेपाली सेना मार्फत हनुमान निर्माण सेवाले होल्डिङ सेन्टर निर्माण गर्न २०७८ को असारमा सम्झौता गरी काम सम्पन्न भएको एक वर्ष बढी समय भई सक्दा पनि होल्डिङ सेन्टर उपयोगमा आउन नसकेर अलपत्र परेका हुन । विद्युत र खानेपानीको समेत व्यवस्थापन गरिएका होडिङ सेन्टर सञ्चालनमा नआउदा अलपत्र परेका हुन । कोरोना संक्रमितहरुलाई राख्न निर्माण गरिएका होल्डिङ सेन्टर कोरोनाको संक्रमण कम भए संगै अलपत्र परेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डाक्टर पवनकुमार शाहले होल्डिङ सेन्टर सञ्चालनका विषयमा छलफल जारी रहेको बताएका छन । त्रिनगर–गौरीफन्टा सीमा नाका हुँदै स्वदेश फर्किनेहरुका लागि धनगढी उप महानगरपालीका वडा नम्बर ३ बडहरा र गड्डाचौकी सीमा नाका भएर फर्किने नेपालीका लागि भीमदत्त नगरपालिका वडा नम्बर–१८ सालघारीमा होल्डिङ सेन्टर निर्माण गरिएका छन ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव ज्ञान प्रसाद ढकालले होल्डिङ सेन्टर सञ्चालनका लागि कुनै निर्णय नभएको बताए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई सुझाव माग गरिएको बताएका छन । होल्डिङ सेन्टरलाई अस्पतालको रुपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको उनले बतए ।

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुलाई संघीय सरकारले सुझाव माग गरेको उनले जानकारी गराउदै सञ्चालनको मापदण्ड नभएकाले दुई वर्षदेखि होल्डिङ सेन्टर अलपत्र रहेको बताए ।

भर्खरै

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार
दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
बाजुराको मार्तडी–कोल्टी सडक कालो पत्रे ढिलाइ हुँदा यात्रुहरु सास्ती खेप्दै
गेटामा स्कुटर दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान

Death-body-900px

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

Thunuwa

उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

cropped-cropped-khabar-raftar-2.png

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ