वैशाख २६ काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ९ सय २ जनामा कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमणको पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार सोमबार २६ जना संक्रमित निको भएका छन् । हाल देशभर १ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैबीच अस्पतालमा रहेका संक्रमित मध्ये हाल १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका छन् ।
Post Views: 121


