वैशाख १२ चितवन । चितवन क्षेत्र नंम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार २ सय ७६ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत पाए । लामिछाने ४३ हजार २५ मतान्तरले विजयी भएका हुन । त्यसैगरी एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत ल्याएका थिए ।
लामीछानेले यसअघि गत मंसिर ४ गते भएको निर्बाचनमा ४९ हजार ३ सय मत पाएर विजयी भएका थिए । चितवन क्षेत्र नंम्बर २ मा बैशाख १० गते भएको उप निर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।
Post Views: 108


